― Advertisement ―

क्लाउडले भर्खरै यसको सबैभन्दा शक्तिशाली उपकरणहरू निःशुल्क बनायो — फाइल निर्माणदेखि एप एकीकरणसम्म, सबै विज्ञापनहरू बिना

एन्थ्रोपिकले क्लाउडका सबै सुविधाहरू नि:शुल्क खोलेको छ। usersClaude's file creation, Connectors and customizable Skills features are now available to anyoneThe free plans have also...
Homeराष्ट्रिय समाचारराहदानी विभागमा सेवाग्राहीसँग रकम असुल्ने २ जना पक्राउ

राहदानी विभागमा सेवाग्राहीसँग रकम असुल्ने २ जना पक्राउ


News Summary

Generated by OK AI. Editorially reviewed.

  • राहदानी विभागमा सेवाग्राहीसँग राहदानी बनाईदिने भन्दै रकम असुल्ने दुई जनालाई विभाग परिसरबाट पक्राउ गरिएको छ।
  • पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि प्रहरीमा बुझाइएको विभागले विज्ञप्तिमार्फत् जानकारी दिएको छ।
  • राहदानी विभागले भष्ट्राचार विरुद्ध शून्य सहनशीलताको नीति अंगीकार गरेको र रकम माग भए प्रशासन शाखा वा सम्पर्क नम्बर ०१–५९७०३२५ मा जानकारी गराउन अनुरोध गरेको छ।

१३ कात्तिक, काठमाडौं । राहदानी विभागमा सेवाग्राहीसँग रकम असुल्ने २ जना पक्राउ परेका छन् । सेवाग्राहीसँग राहदानी बनाईदिने भन्दै पैसा लिने दुई जनालाई पक्राउ गरिएको हो ।

विभागमा आउने सेवाग्राहीहरूलाई गलत प्रलोभनमा पारी रकम असुल गरेको सूचनाको आधारमा दुई जना शंकास्पद व्यक्तिहरूलाई विभाग परिसरबाट पक्राउ गरिएको विभागले जनाएको छ ।

उनीहरूलाई थप अनुसन्धानका लागि प्रहरीमा बुझाइको विभागले विज्ञप्तिमार्फत् जानकारी दिएको छ ।

राहदानी विभागले भष्ट्राचारजन्य गतिविधिका सम्बन्धमा जो कोही विरुद्ध शून्य सहनशीलताको नीति अंगीकार गरेको जनाएको छ । यस प्रकारका कुनै पनि बहानामा सेवाग्राहीबाट रकम असुली/ठगी गर्नेहरूबाट सावधान रहन अनुरोध गरेको छ ।

कसैले कुनै पनि बहानामा रकम माग गरेमा सोझै विभागको प्रशासन शाखामा वा विभागको सम्पर्क नम्बर ०१–५९७०३२५ वा इमेल ठेगाना: dg@nepalpassport.gov.np मा जानकारी गराई भ्रष्ट्राचारजन्य गतिविधि विरुद्धको कारवाहीमा सहयोग गर्न समेत अनुरोध गरेको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More