― Advertisement ―

‘एआई जीवनमा एक पटकको अवसर हो’: अमेजनका सीईओ एन्डी जसीले एआईको भविष्यको लागि आफ्नो ‘6 सत्यहरू’ राख्छन्।

Amazon CEO Andy Jassy ले कम्पनीमा AI को भविष्यको बारेमा आफ्नो दृष्टिकोणलाई रेखांकित गर्नुभएको छ, छ वटा "प्रविधिले के गर्न सक्छ र मुख्य कुराहरू...
Homeमनोरन्जनइजरायली फेसन डिजाइनरले तयार पारे मिस युनिभर्स नेपालको ‘नेसनल कस्ट्युम’

इजरायली फेसन डिजाइनरले तयार पारे मिस युनिभर्स नेपालको ‘नेसनल कस्ट्युम’


News Summary

Generated by OK AI. Editorially reviewed.

  • थाइल्याण्डमा नोभेम्बरमा हुने मिस युनिभर्स २०२५ को प्रतिस्पर्धामा नेपालको नेसनल कस्ट्युम डिजाइन एभियाड एरिक हर्मनले गर्ने भएका छन्।
  • पोशाकको थिम ‘शान्तिको हात’ राखिएको छ र यो बैंककमा हुने फिनालेमा प्रस्तुत हुनेछ।
  • हर्मनले इजरायलमा पोशाक तयार पारेका हुन् र उनले १२ भन्दा धेरै मुलुकको राष्ट्रिय पोशाक डिजाइन गरिसकेका छन्।

काठमाडौं । थाइल्याण्डमा हुन लागेको ‘मिस युनिभर्स २०२५’ को प्रतिस्पर्धामा नेपालको ‘नेसनल कस्ट्युम’को डिजाइन विश्वचर्चित फेसन डिजाइनर एभियाड एरिक हर्मनले गर्ने भएका छन् ।

‘मिस युनिभर्स नेपाल’ ले विज्ञप्ति जारी गर्दै हर्मनसँग पोशाक डिजाइनको लागि सहकार्य गरिएको जनाएको छ । पोशाकको थिम ‘शान्तिको हात’ अर्थात ‘ह्यान्ड्स अफ पिस’ राखिएको छ ।

हर्मनले तयार पारेको उक्त पोशाक बैंककमा हुन लागेको फिनालेमा प्रस्तुत हुने जनाइएको छ । नोभेम्बरमा बैंककमा हुने ७४ औं मिस युनिभर्समा नेपालको प्रतिनिधित्व सान्या अधिकारीले गर्नेछिन् ।

२१ नोभेम्बरमा फिनाले हुनेछ । मिस युनिभर्स नेपालकी राष्ट्रिय निर्देशक संगीता पुरीका अनुसार हर्मनले उक्त पोशाक इजरायलमा तयार पारेका थिए ।

नेसनल कस्ट्युमबारे विज्ञप्तिमा भनिएको छ- ‘शान्तिका हातहरू’ शीर्षकको यो उत्कृष्ट डिजाइन नेपालको राष्ट्रिय प्रतीकबाट प्रेरित छ, जुन एकता, समानता र आशाको प्रतीक हो । यो केवल पोशाक मात्र होइन, यो विश्वसँग साझा गरिएको सद्भाव र सम्बन्धको सन्देश हो ।’

केही दिनमा ‘नेसनल कस्ट्युम’ सार्वजनिक हुने जनाइएको छ ।

हर्मनको कुरा गर्दा, उनी अन्तर्राष्ट्रिय स्तरमा प्रशंसित डिजाइनर हुन् । उनले न्यूयोर्क फेसन विक, टीएलभी फेसन विक, कान्स फिल्म फेस्टिभल, र अन्य धेरै ठाउँको लागि पोशाक डिजाइन गरेका छन् ।

उनको डिजाइन ३ पटक ‘मिस युनिभर्स’ मा शीर्ष ५ को ‘नेसनल कस्ट्युम’ मा समावेश भैसकेको छ । उनले १२ भन्दा धेरै मुलुकको राष्ट्रिय पोशाक डिजाइन गरिसकेका छन् ।

‘उनले फेसनलाई कला, कूटनीति र शान्तिको रूपको रूपमा परिभाषित गरिरहेका छन्’ मिस युनिभर्स नेपालले विज्ञप्तिमा भनेको छ । हर्मन इजरायलमा जन्मिएका डिजाइनर हुन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More