― Advertisement ―

गुगलको क्वान्टम चेतावनीले बिटकोइन ईन्क्रिप्शन चाँडै असफल हुन सक्छ भनी क्यूबिट आवश्यकताहरू भविष्यको साइबर सुरक्षा जोखिमहरूको बारेमा धारणाहरू परिवर्तन गर्ने सुझाव दिन्छ।

क्वान्टम रिसोर्सको अनुमानको तुलनामा द्रुत गतिमा कमी हुन सक्छ अपेक्षितकम गरिएको क्यूबिट आवश्यकताहरूले सैद्धान्तिक आक्रमणहरूलाई व्यावहारिक वास्तविकताको नजिक ल्याउँछबिटकोइनको क्रिप्टोग्राफिक आधारहरूले क्वान्टम एल्गोरिथ्म दक्षतालाई...
Homeजीवनशैली/स्वास्थ्यहामी किन बाल्यकालका कुराहरू सम्झँन सक्दैनौं ? – KhabarHost

हामी किन बाल्यकालका कुराहरू सम्झँन सक्दैनौं ? – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • अमेरिकाको येल विश्वविद्यालयका प्रोफेसर निक टर्क–ब्राउनले बाल्यकालमा हिप्पोक्याम्पस पूर्णरूपमा विकसित नभएको कारणले सम्झनाहरू बन्न नसक्ने बताए।

जन्मदिन, पहिलो पाइला र पहिलो शब्द हाम्रो जीवनका महत्त्वपूर्ण क्षणहरू हुन् । तर, हामी ती कुराहरू किन सम्झन सक्दैनौँ ? न्यूरोसाइन्टिस्ट र मनोवैज्ञानिकहरू यो प्रश्नसँग दशकौँदेखि जुधिरहेका छन् ।

बाल्यकालका घटनाहरू सम्झन नसक्नुलाई इन्फेन्टाइल एम्नेशिया भनिन्छ । यसलाई बुझाउन वर्षौँदेखि विभिन्न कुराहरू भनिँदै आएका छन् । यसबारे लामो समयदेखि विभिन्न सिद्धान्तहरू प्रस्तुत गरिएका छन् ।

अमेरिकाको येल विश्वविद्यालयका मनोविज्ञान र न्यूरोसर्जरीका प्रोफेसर निक टर्क–ब्राउनका अनुसार वास्तविक बहस दुई मुख्य प्रश्नहरूमा केन्द्रित छ ।

हामी बाल्यकालमा सम्झनाहरू बनाउँछौँ र पछि बिर्सन्छौँ, या त हामी ठूलो नहुँदासम्म सम्झनाहरू नै बनाउँदैनौँ ?

प्रोफेसर टर्क–ब्राउनका अनुसार, विगत एक दशकसम्म शोधकर्ताहरूको विश्वास थियो-बच्चाले सम्झनाहरू बनाउँदैनन् । केही वैज्ञानिकहरूको तर्क थियो-बच्चाहरूसँग न त आफूलाई पूर्णरूपमा चिन्ने ज्ञान हुन्छ, न त बोल्ने क्षमता ।

चार वर्षको उमेरसम्म हामी सम्झनाहरू बनाउन सक्दैनौँ किनभने हिप्पोक्याम्पस, अर्थात् दिमागको त्यो हिस्सा जसले सम्झनाहरू बनाउँछ, त्यतिबेलासम्म पूर्णरूपमा विकसित भएको हुँदैन ।

प्रोफेसर टर्क–ब्राउन भन्छन्, ‘बाल्यकालमा हिप्पोक्याम्पसको आकार धेरै तीव्र गतिमा बढ्छ । यस कारण पनि प्रारम्भिक अनुभवहरू सम्झनामा रहँदैनन् किनभने त्यतिबेला आवश्यक न्यूरल सर्किटहरू हुँदैनन्।’

बच्चाको दिमागको इमेजिङ

२०२५ को सुरुमा गरिएको प्रोफेसर टर्क–ब्राउनको एक अध्ययनले फरक नतिजा देखायो । यसमा २ महिनादेखि २ वर्ष उमेरका २२ बच्चाहरूलाई धेरै तस्बिरहरू देखाइयो र त्यही समयमा उनीहरूको दिमागको स्क्यानिङ गरेर हिप्पोक्याम्पसको गतिविधि हेरियो।

त्यसपछि ती बच्चाहरूलाई एउटा पुरानो र एउटा नयाँ तस्बिर सँगै देखाइयो । शोधकर्ताहरूले बच्चाहरूको आँखाको गतिविधि हेरे, ताकि यो पता लागोस्, उनीहरू कुन तस्बिरलाई धेरैबेर हेर्छन् ।

यदि बच्चाले पुरानो तस्बिरलाई धेरैबेर हेर्‍यो भने, यो प्रमाण मानियो उसले त्यसलाई सम्झेको छ । पहिले पनि धेरै अनुसन्धानमा यस्तै पाइएको थियो ।

यदि बच्चाले पहिलो पटक कुनै तस्बिर देख्छ र त्यतिबेला उसको हिप्पोक्याम्पस धेरै सक्रिय हुन्छ भने, त्यो तस्बिर पछि सम्झने सम्भावना बढ्छ भन्ने कुरा अनुसन्धानमा पाइयो । यो प्रभाव खासगरी १२ महिनाभन्दा ठूला बच्चाहरूमा देखियो ।

यसबाट प्रष्ट हुन्छ लगभग एक वर्षको उमेरमा हिप्पोक्याम्पसले सम्झनाहरू रेकर्ड गर्न सुरु गर्छ ।

सम्झनाहरू कहाँ जान्छन् ?

प्रोफेसर टर्क–ब्राउनका अनुसार, शिशुहरूले हिप्पोक्याम्पसमा सम्झनाहरू बनाउन सक्छन् कि सक्दैनन् भन्ने बुझ्नु उनको टोलीको पहिलो उद्देश्य थियो । तर, यसमा थप अनुसन्धानको आवश्यकता छ ।

उनी भन्छन्, ‘यदि बच्चाले वास्तवमै यी सम्झनाहरू भण्डारण गरिरहेका छन् भने, ती कहाँ जान्छन् ? के ती अझै रहन्छन् ? र के हामी तिनलाई पुनः प्राप्त गर्न सकिन्छ ?’

सन् २०२२ को एक अध्ययनमा अनुसार मुसाहरू, जसले सानै उमेरमा भूलभुलैया पार गर्न सिकेका थिए, ठूलो भएपछि त्यसलाई बिर्सिए ।

तर, जब वैज्ञानिकहरूले हिप्पोक्याम्पसको त्यो हिस्सा सक्रिय गरे जुन सिकाइसँग जोडिएको थियो, तब सम्झनाहरू फेरि फर्किए । मानव शिशुहरूमा पनि यस्तै हुन्छ र तिनका सम्झनाहरू कतै लुकेर रहन्छन् कि भन्ने कुरा अहिलेसम्म थाहा भएको छैन ।

युकेको युनिभर्सिटी अफ वेस्टमिन्स्टरकी प्रोफेसर क्याथरिन लभडे भन्छिन् साना बच्चाहरूमा सम्झना बनाउने क्षमता हुन्छ, जबसम्म उनीहरू बोल्न सुरु गर्दैनन् ।

उनको भनाइ छ, ‘साना बच्चाहरू नर्सरीबाट फर्केपछि आफूसँग भएको कुरा बताउँछन् । तर, केही वर्षपछि तिनले ती कुराहरू फेरि बताउन सक्दैनन् । यसबाट प्रष्ट हुन्छ कि सम्झनाहरू बन्छन्, तर लामो समयसम्म टिक्दैनन् ।’

उनी भन्छिन्, ‘के हामी ती सम्झनाहरूलाई समयसँग गहिराइमा संरक्षित गर्न सक्छौँ । के ती चाँडै धमिलो हुन्छन् र के ती यति बलियो हुन्छन् कि हामी तिनलाई सोचेर सम्झन सक्छौँ ?’

के सम्झनाहरू झुटा पनि हुन सक्छन् ?

प्रोफेसर लभडे भन्छिन् इन्फेन्टाइल एम्नेशियालाई बुझ्न गाह्रो हुनुको कारण हाम्रो पहिलो सम्झना वास्तविक हो कि होइन भन्ने थाहा पाउन लगभग असम्भव छ ।

उदाहरणका लागि, धेरै मानिसहरूलाई लाग्छ उनीहरूलाई बाल्यकालको कुनै घटना वा कुनै क्षण सम्झना छ । तर, उनको भनाइ छ, यस्ता सम्झनाहरू वास्तविक अनुभवहरूसँग जोडिने सम्भावना धेरै कम हुन्छ ।

‘ यदि हामीलाई कुनै घटनाबारे जानकारी प्राप्त हुन्छ भने, हाम्रो दिमागले यस्तो सम्झना बनाउन सक्छ जुन पूर्ण रूपमा वास्तविक जस्तो लाग्छ’ उनी बताउँछिन्, ‘यो चेतनाको प्रश्न हो र चेतनालाई स्पष्ट रूपमा परिभाषित गर्नु सबैभन्दा गाह्रो काम हो ।’

प्रोफेसर टर्क–ब्राउन भन्छन् इन्फेन्टाइल एम्नेशियाको रहस्य हाम्रो पहिचानसँग गहिरो रूपमा जोडिएको छ ।

‘यो हाम्रो पहिचानको हिस्सा हो र हाम्रो जीवनको प्रारम्भिक वर्षहरूमा यस्तो ठाउँ हुन्छ जहाँ हामीलाई केही पनि सम्झना रहँदैन, यसले मानिसहरूको आफ्नाबारे सोच्ने तरिकालाई बदल्छ’ लभडे भन्छिन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More