― Advertisement ―

Nvidia ले आफ्नो AI इकोसिस्टम र र्याक-स्केल NVLink फ्यूजन नेटवर्कमा कस्टम चिपहरू एकीकृत गर्न मार्वेलमा $ 2 बिलियन लगानी गर्छ।

Nvidia मा Nvidia मा अर्बौं डलर लगानी ल्याउनुहोस्। इकोसिस्टमNVLink फ्युजनले तेस्रो-पक्ष एक्सेलेटरहरूलाई Nvidia GPU सँग कुशलतापूर्वक सञ्चार गर्न सक्षम बनाउँछMarvell ले आफू अनुकूल XPU...
Homeअन्तर्राष्ट्रियचीनमा योग्यताविना बहस गर्न बन्देज, इन्फ्लुएन्सरमाथि कडाइ

चीनमा योग्यताविना बहस गर्न बन्देज, इन्फ्लुएन्सरमाथि कडाइ


News Summary

Generated by OK AI. Editorially reviewed.

  • चीनले अक्टोबर २५ देखि लागू भएको नयाँ कानुनअनुसार इन्फ्लुएन्सरहरूले वित्त, स्वास्थ्य, औषधि, कानुन र शिक्षाबारे सामग्री बनाउनुअघि शैक्षिक योग्यता पेश गर्नुपर्नेछ।
  • चीनको साइबरस्पेस प्रशासनले अनलाइनमा भ्रामक सामग्री र हानिकारक सल्लाह रोक्न नयाँ नियम ल्याएको र प्लेटफर्महरूले सामग्री प्रमाणीकरण गर्नुपर्ने बताएको छ।
  • नयाँ कानुनले अभिव्यक्ति स्वतन्त्रता सीमित गर्ने चिन्ता बढाएको छ भने केहीले यसले विशेषज्ञता भएका मानिसलाई मात्र बोल्न दिने तर्क गरेका छन्।

१३ कात्तिक, काठमाडौं । चीनले इन्फ्लुएन्सरहरूलाई लक्षित गर्दै नयाँ कानुन लागू गरेको छ । नयाँ कानुन लागू भएसँगै इन्फ्लुएन्सरहरूले कुनै विषयमा सामग्री बनाउनुपूर्व उक्त विषयमा शैक्षिक योग्यता पेश गर्नुपर्ने हुन्छ ।

यो नयाँ नियम अनुसार, यदि तपाईं इन्फ्लुएन्सर हुनुहुन्छ र ‘गम्भीर’ विषयहरू- जस्तै: वित्त, स्वास्थ्य, औषधि, कानुन वा शिक्षाबारे छलफल गर्न चाहनुहुन्छ भने तपाईंले सम्बन्धित विषयमा ज्ञान लिएको प्रमाणपत्र पेश गर्नुपर्नेछ ।

किन ल्याइयो यस्तो कानुन ?

चीनमा अक्टोबर २५ देखि लागू भएको यो कानुन अनलाइनमा हुने गलत सूचनालाई कम गर्नका लागि ल्याइएको बताइएको छ ।

डेली मेलका अनुसार, चाइनाको साइबरस्पेस प्रशासन (सीएसी) ले चिकित्सा उत्पादनहरू र सेवाहरूको विज्ञापनमा समेत रोक लगाएको छ ।

यो नयाँ नियमले चीनमा इन्फ्लुएन्सर संस्कृतिले काम गर्ने तरिकामा एउटा ठूलै परिवर्तन ल्याउन सक्ने विश्लेषण गरिएको छ ।

इन्फ्लुएन्सरमाथि कडाइ

चीनको नयाँ कानुनले इन्फ्लुएन्सरहरूलाई औषधि, कानुन, शिक्षा र वित्तजस्ता संवेदनशील विषयहरूमा सामाजिक सञ्जाल सामग्री बनाउनुअघि उनीहरूको आधिकारिक योग्यता प्रमाणित गर्न अनिवार्य गरेको छ ।

समाचारहरूले यो नियमले अनलाइनमा बहस सिर्जना गरेको र यसले सिर्जनशीलतामा बन्देज लगाउन सक्ने तथा अभिव्यक्ति स्वतन्त्रतालाई सीमित गर्न सक्ने चिन्ताहरू बढाएको उल्लेख गरेका छन् ।

यद्यपि, कानुनको बचाउ गर्दै सीएसीले यो अनलाइनमा उपलब्ध भ्रामक सामग्री र हानिकारक सल्लाहहरूबाट जनतालाई जोगाउन ल्याइएको बताएको छ ।

यी नियमन गरिएका क्षेत्रहरूमा सामग्री प्रकाशित गर्नुअघि इन्फ्लुएन्सरहरूसँग कि त विश्वविद्यालयको डिग्री, कि त मान्यता प्राप्त तालिम, लाइसेन्स, वा प्रमाणपत्र हुनुपर्छ । चीनका प्रमुख प्लेटफर्महरू चलाउने इन्फ्लुएन्सरहरू पनि यी नियमहरूको दायरामा पर्नेछन् ।

प्लेटफर्मको जिम्मेवारी

इन्फ्लुएन्सरका साथै बिलिबिली, वेइबो र डाउयिन जस्ता प्लेटफर्महरूले पनि आफ्ना सामग्री निर्माताहरूको योग्यता प्रमाणीकरण गर्नुपर्नेछ । साथै, उनीहरूले सेयर गरिएको सामग्रीमा उचित सन्दर्भ र अस्वीकरण उल्लेख गरिएको सुनिश्चित गर्नुपर्नेछ ।

चीनमा नयाँ कानुनले कसरी काम गर्छ ?

चीनमा सामाजिक सञ्जाल प्लेटफर्महरूमा सामग्री अपलोड गर्दा इन्फ्लुएन्सरहरूले एआई-जनित सामग्री हो वा कुनै सन्दर्भ प्रयोग गरिएको छ भने स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ ।

सामग्री सर्जकहरूले सूचना अध्ययनहरूबाट लिइएको हो वा भिडियोहरूमा एआई-जनित सामग्री प्रयोग गरिएको छ भन्ने कुरा प्रष्ट पार्नुपर्छ ।

यसका साथै, ‘शैक्षिक’ सामग्रीको भेषमा हुने गोप्य प्रचारहरू रोक्नका लागि सीएसीले चिकित्सा उत्पादनहरू, सप्लिमेन्टहरू र खाद्यान्नहरूको विज्ञापनमा पनि प्रतिबन्ध लगाएको छ ।

यी परिवर्तनहरू अनलाइन जवाफदेहिता बढाउन र झुटा वा भेष बदलेका विज्ञापनहरू रोक्नका लागि डिजाइन गरिएका चिनियाँ सञ्चार माध्यमहरूले खबर लेखेका छन् ।

कस्तो छ प्रतिक्रिया ?

धेरैले यो निर्णयको स्वागत गरेका छन् । उनीहरूको भनाइमा, यसले मानिसहरूलाई प्लेटफर्महरूमा सुसूचित सामग्री हेर्न सक्षम बनाउनेछ । कसै-कसैले त गलत सूचना रोक्नका लागि सम्बन्धित योग्यता भएकाहरूलाई मात्र विशेष विषयमा बोल्न र छलफल गर्न दिनुपर्ने तर्क गरेका छन् ।

‘अब वास्तविक विशेषज्ञता भएका मानिसहरूले कुराकानीको नेतृत्व गर्ने समय आएको छ,’ वेइबोका एक प्रयोगकर्ताले टिप्पणी गरेका छन् ।

यद्यपि, अन्य धेरैले यो नयाँ कानुनले अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने भन्दै आलोचना गरेका छन् । उनीहरूका अनुसार, यसले स्वतन्त्र आवाजहरू र सामाजिक सञ्जालमा हुने आलोचनात्मक बहसलाई सीमित गर्नेछ ।

(एजेन्सीहरूको सहयोगमा)

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More