― Advertisement ―

क्लाउडले भर्खरै यसको सबैभन्दा शक्तिशाली उपकरणहरू निःशुल्क बनायो — फाइल निर्माणदेखि एप एकीकरणसम्म, सबै विज्ञापनहरू बिना

एन्थ्रोपिकले क्लाउडका सबै सुविधाहरू नि:शुल्क खोलेको छ। usersClaude's file creation, Connectors and customizable Skills features are now available to anyoneThe free plans have also...
Homeखेलकुद़़अमेरिकी खेलाडी मिलिन्द कुमार काठमान्डु गोर्खाजमा अनुबन्धित

अमेरिकी खेलाडी मिलिन्द कुमार काठमान्डु गोर्खाजमा अनुबन्धित


News Summary

Generated by OK AI. Editorially reviewed.

  • अमेरिकाका ब्याटर मिलिन्द कुमार आउँदो सिजन नेपाल प्रिमियर लिग क्रिकेटका लागि काठमान्डु गोर्खाजमा अनुबन्धित भएका छन्।
  • काठमान्डु गोर्खाजले मिलिन्दलाई तेस्रो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको छ र यसअघि दक्षिण अफ्रिकी र नामिबियाका खेलाडीलाई भित्राएको छ।
  • मिलिन्दले हालसम्म विश्वकप लिग २ मा २० खेलमा ८२३ रन बनाएका छन् र सर्वाधिक रन बनाउने खेलाडीको तेस्रो स्थानमा छन्।

१३ कात्तिक, काठमाडौं । अमेरिकाका ब्याटर मिलिन्द कुमार आउदो सिजनको नेपाल प्रिमियर लिग क्रिकेटका लागि काठमान्डु गोर्खाजमा अनुबन्धित भएका छन् । काठमान्डु गोर्खाजले तेस्रो विदेशी खेलाडीको रुपमा ३४ वर्षे मिलिन्दलाई अनुबन्ध गरेको हो ।

काठमाडौं स्पोर्टस डेभलपमेन्ट भेन्चर्स प्रालीको स्वामित्वमा रहेको काठमान्डु गोर्खाजले यसअघि नै इंग्ल्यान्डमा खेल्दै आएका दक्षिण अफ्रिकाका विकेटकिपर–ब्याटर रिकार्डो भास्कोनेसेलोस र नामिबियाका कप्तान जेरहार्ड इरसमसलाई भित्राइसकेको छ ।

मिलिन्द उत्कृष्ट लयमा रहेका छन् । दुबईमा भइरहेको नेपाल सम्मिलित विश्वकप लिग २ मा उनले नेपालविरुद्ध ५० बलमा ७० र यूएईविरुद्ध ८१ बलमा ७१ रन बनाएका थिए । ‘मिलिन्दले अमेरिकी टोलीका लागि ठुलो सफलताका साथ आफ्नो भुमिका निर्वाह गर्दै आएका छन्, उनले ब्याटिङमा एकरुपता र संयमता देखाएका छन्,’ काठमान्डु गोर्खाजका प्रशिक्षक मोन्टी देसाईले भने, ‘फरक परिस्थिति र दबाबमा पनि खेल्न सक्ने उनको क्षमता उत्कृष्ट छ । उनलाई काठमान्डु गोर्खाज परिवारको हिस्साको रुपमा पाउदा हामी निकै उत्साहित छौं ।’

दिल्लीबाट उनले २०११ मा रणजी ट्रफीमा ‘डेब्यु’ गरेका थिए । त्यसपछि उनले सिक्किम, त्रिपुराबाट भारतको घरेलु क्रिकेटमा खेले । मिलिन्द दुई पटक इन्डियन प्रिमियर लिगको टोलीमा समावेश थिए । २०१४ मा दिल्ली डेयरडेभिल्सले १० लाख र २०१९ मा रोयल च्यालेन्जर्स बेङलोरले बेस प्राइस २० लाखमा उनलाई लिएको थियो । तर उनले आईपीएलमा खेल्न भने पाएका थिएनन् ।

२०२१ मा उनी माइनल लिग क्रिकेट हुदैं अमेरिकी क्रिकेटमा स्थापित भएका थिए । उनले पछिल्लो तीन सिजन अमेरिकाको मेजर लिग क्रिकेटमा टेक्सास सुपर किंग्सबाट खेल्दै आएका छन् ।

नेदरल्यान्ड्सको द हेगमा क्यानडाविरुद्ध खेल्दै उनले अमेरिकाबाट एकदिवसीय अन्तर्राष्ट्रियमा ‘डेब्यु’ गरेका थिए । २०२५ को सेप्टेम्बरमा मिलिन्दले नामिबियाको विन्डहकमा नामिबियाविरुद्ध अविजित ७४ र यूएईविरुद्ध अविजित १५५ रन बनाएका थिए ।

यसै वर्षको मेमा उनले क्यानडाविरुद्ध अविजित ११५ र ओमानविरुद्ध ६८ रनको इनिङ्स खेलेका थिए, जसको कारण उनी आईसीसीको महिनाको उत्कृष्ट खेलाडीको मनोनयनमा परेका थिए ।

हाल चलिरहेको विश्वपक लिग २ मा उनी सर्वाधिक रन बनाउने खेलाडीको सुचिमा तेस्रो स्थानमा छन् । उनले २० खेलमा ५८ माथिको औषत र १०० माथिको स्ट्राइक रेटमा ८२३ रन बनाइसकेका छन्, जसमा २ शतक र ६ अर्धशतक समावेश छ ।

साथै उनको नाममा २७ विकेट पनि रहेको छ । मिलिन्दले सबै खाले ट्वान्टी–२० मा ९० खेल खेल्दै १६ सय भन्दा बढि रन बनाएका छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More