― Advertisement ―

UFC 327 साँच्चै सस्तो हेर्न को लागी एक डरलाग्दो तरीका छ …

UFC 327 ले मियामीको कासेया सेन्टरमा रहेको खाली UFC लाइट हेवीवेट च्याम्पियनसिपको लागि Jiří Procházka ले कार्लोस उलबर्गसँग खेल्दा उच्च दांवको नाटक गर्ने वाचा...
HomeLatest newsखगेन्द्र सुनारको थुनछेक बहस सकियो, आदेश आउन बाँकी – KhabarHost

खगेन्द्र सुनारको थुनछेक बहस सकियो, आदेश आउन बाँकी – KhabarHost


तस्वीर : कपिल कोइराला/अनलाइनखबर



१३ कात्तिक, काभ्रेपलाञ्चोक । जिल्ला अदालत काभ्रेपलाञ्चोकमा उपस्थित भएका खगेन्द्र सुनारको जिल्ला अदालत काभ्रेमा बयान र थुनछेकको बहस सकिएको छ । तर, आदेश आउन बाँकी छ ।

अदालतको अपहेलना र अधिवक्तालाई अपशब्द बोलेको आरोपमा विद्युतीय कारोबारको आरोप लागेर पक्राउ गर्न पुर्जी जारी भएका सुनार बिहीबार बिहान काभ्रेपलाञ्चोक जिल्ला अदालतमा उपस्थित भएका थिए । सुनारको न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासमा बयान र थुनछेकको बहस भएको जिल्ला अदालत काभ्रेपलाञ्चोकका श्रेस्तेदार इन्दिरा कार्कीले जानकारी दिइन् ।

अधिवक्ता मनिषा गौतमविरुद्ध अपशब्द प्रयोग गर्दै फेसबुक स्टाटस लेखेको, सामाजिक सञ्जालमा लाइभ बसेर गालीगलोज गरेको आरोपमा उनीमाथि साइबर ब्यूरोमा उजुरी परेको थियो ।

गौतमको स्थायी ठेगाना काभ्रेपलाञ्चोक भएकोले ब्यूरोले उक्त मुद्दालाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक पठाएको थियो ।

अनुसन्धानका क्रममा सुनार फरार रहेकोकोले प्रहरीले फरार राखेर गत साउन २ गते अदालतमा मुद्दा पेश गरेको थियो ।

जिल्ला अदालतमा ८२ सालको श्रावणमा दोस्रो मुद्दाको रुपमा दर्ता भएको (८२ सी१–००२ नम्बर) को मुद्दा सरकारवादी फौजदारीको रुपमा दर्ता भएको थियो ।

त्यसको तीन दिन पछाडि साउन ५ गते सुनारलाई पक्राउको लागि जिल्ला अदालतले सुनारको स्थायी ठेगाना भएको प्रहरी कार्यालय दैलेखमा पक्राउ गर्न पुर्जी जारी गरेको थियो ।

अदालतका श्रेस्तेदार कार्कीका अनुसार, गत साउन ५ गते ७ दिन र ३५ दिन म्याद राखेर पक्राउ पुर्जी जारी गरेको थियो ।

पछिल्लोपटक मन्त्रिपरिषद् विस्तार हुँदा सुनारको नामसमेत सिफारिस भएको थियो । उनीमाथि विभिन्न मुद्दाका विषय बाहिरिएपछि अन्तिम समयमा नाम सूचीबाट हटाइएको थियो ।





Read More