― Advertisement ―

ब्रेभिल बरिस्टा टच इम्प्रेस मेरो आवश्यकताको लागि उत्तम कफी मेसिन हो — र यो अब असाधारण मूल्य भएको छ हाम्रो विशेष छुटको लागि धन्यवाद।

ब्रेभिलले केही <a data-analytics-id="inline-link" href="https://www.techradar.com/home/coffee-machines/best-coffee-maker" बनाउँछ data-url="https://www.techradar.com/home/coffee-machines/best-coffee-maker" data-hl-processed="none" data-mrf-recirculation="inline-link" data-before-rewrite-localise="https://www.techradar.com/best/best-coffee-machines, in Australian सुविधाजनक, प्रयोग गर्न-गर्न-सजिलो मेसिनहरूमा क्याफे-गुणस्तरको कफी निकासी मिलाएर किचन काउन्टरटपमा स्थानको गर्व...
HomeLatest newsनेता छिरेपछि निशानामा परेको थियो प्रहरी हेडक्वार्टर, ५०० राउन्ड फायरपछि बल्ल जोगियो

नेता छिरेपछि निशानामा परेको थियो प्रहरी हेडक्वार्टर, ५०० राउन्ड फायरपछि बल्ल जोगियो


News Summary

Generated by OK AI. Editorially reviewed.

  • २४ भदौको जेन-जी आन्दोलनमा काठमाडौं उपत्यकाका १५३ प्रहरी कार्यालयमा तोडफोड र आगजनी भएको छ।
  • प्रहरी हेडक्वाटर नक्साललाई बचाउन ५ सय राउण्ड गोली चलाइएको र केही नेताहरू त्यहाँ उपस्थित रहेको छ।
  • जेनजी आन्दोलनमा देशभर ४ हजार २३ राउण्ड धातुका गोली चलेका र ९८ हजार गोली हराएको प्रतिवेदनमा उल्लेख छ।

१२ कात्तिक, काठमाडौं । २४ भदौको जेनजी आन्दोलनको क्रममा काठमाडौं उपत्यकाका अधिकांशजसो प्रहरी कार्यालयमा तोडफोडसहित आगजनी भयो ।

तोडफोडबाट केहीमा छिटपुट क्षति भयो भने केही प्रहरी कार्यालय ध्वस्तै भए । काठमाडौं उपत्यकामा मात्रै १५३ प्रहरी कार्यालयमा तोडफोड र आगजनी भयो । उपत्यकाका तीनै जिल्ला (काठमाडौं, ललितपुर, भक्तपुर) कमान्ड गर्ने रानीपोखरीस्थित एआईजी कार्यालयसमेत ध्वस्त भयो ।

उपत्यकाका अधिकांशजसो प्रहरी कार्यालय तोडफोड र आगजनी हुँदा नक्सालस्थित प्रहरी हेडक्वार्टर भने सग्लै रह्यो । तर प्रदर्शनकारीले प्रहरी हेडक्वार्टरमा आक्रमण नगरेका भने होइनन् ।

सबैभन्दा बढी निशानामा त प्रहरी हेडक्वार्टर नै बनेको थियो । आन्दोलनमा तोडफोड, आगजनी र नेताहरूमाथि आक्रमण हुन थालेपछि केही नेताहरू प्रहरी हेडक्वार्टर पुगेका थिए । सभाामुख देवराज घिमिरेदेखि राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, अर्थमन्त्री विष्णु पौडेल, गर्भनर विश्व पौडेल, एमाले नेता शंकर पोखरेल, प्रदीप ज्ञवालीसम्म प्रहरी हेडक्वार्टर नक्साल पुगेका थिए ।

नेताहरू नक्साल छिरेको देखेपछि प्रदर्शनकारीको निशानामा प्रहरी हेडक्वार्टर परेको थियो । एकातर्फ नेताहरू प्रहरी हेडक्वार्टर छिर्नु अर्कोतर्फ अन्य प्रहरी कार्यालयहरू ध्वस्त बनाइसकेकाले आन्दोलनकारीको निशानामा प्रहरी हेडक्वार्टर परेको थियो ।

नक्साल पुगेर प्रहरी हेडक्वार्टर तोडफोडमा उत्रिएको भिड तितरबितर बनाउन मात्रै प्रहरीले ५०० राउन्ड गोली चलाएको आन्तरिक रिपोर्ट छ । प्रहरी हेडक्वार्टरले बनाएको डीआईजी दीपक रेग्मी नेतृत्वको छानबिन समितिले उपत्यकामा मात्रै २ हजार लाइभ राउन्ड (धातुका गोली) चलाएको प्रतिवेदनमा उल्लेख छ ।

प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलाई बुझाएको उक्त प्रतिवेदनमा काठमाडौं जिल्लामा मात्रै १ हजार ८०३ राउन्ड धातुको गोली चलेको उल्लेख छ । जसमध्ये ५०० राउन्ड गोली मात्रै प्रहरी हेडक्वार्टर जोगाउन खर्च भएको प्रहरी स्रोतले बतायो ।

‘त्यतिबेला केही नेता हेडक्वार्टर भित्रै हुनुहुन्थ्यो । त्यो भएर पनि हेडक्वार्टर निशानामा पर्‍यो । आक्रोशित आन्दोलनकारीलाई तितरबितर पार्न ५०० राउन्ड गोली चलेको थियो,’ प्रहरी उच्च स्रोतले अनलाइनखबरसँग भन्यो ।

यसका साथै करिब २०० राउन्ड अश्रु ग्यास प्रहार भएको प्रहरीको रिपोर्ट छ । अवस्था साम्य भएपछि राति ११/१२ बजेतिर केही नेताहरू हेडक्वार्टरबाट निस्केर आफन्त र सेनाको सम्पर्कमा गएका थिए ।

त्यतिबेलाको अवस्थामा प्रहरी हेडक्वार्टर जोगाउनुलाई ठूलो सफलताको रूपमा प्रहरी हेडक्वार्टरले बुझेको छ । ‘प्रहरी हेडक्वार्टर नै जलेको अवस्थामा यसको नकारात्मक सन्देश तल्लो तहसम्म पुग्ने र प्रहरीको मनोबल उकासिन वर्षौं लाग्न सक्थ्यो । हेडक्वार्टर नै सुरक्षित नभएको अवस्थामा अरू प्रहरी कार्यालय र प्रहरी कर्मचारी कसरी सुरक्षित हुन्छन् भन्ने प्रश्न वर्षौंसम्म तेर्सिरहन्थ्यो,’ हेडक्वार्टरका एक उच्च प्रहरी अधिकृतले भने, ‘तर यो मामिलामा हामी सफल रह्यौं ।’

देशभर ४ हजार गोली चल्यो

रेग्मी नेतृत्वको समितिले घटनाको डेढ महिनापछि बुझाएको प्रतिवेदनमा जेनजी आन्दोलनको क्रममा ४ हजार २३ राउन्ड धातुका गोली चलेको उल्लेख छ ।

जसमा सबैभन्दा बढी काठमाडौं उपत्यकामा २ हजार, मधेश प्रदेशमा ६५०, कोशीमा ३००, सुदूरपश्चिममा ३०७, लुम्बिनीमा १७० राउन्ड धातुका गोली चलेको उल्लेख छ ।

यो बाहेक २ हजार ७०० रबरका गोली चलेको रिपोर्टमा उल्लेख छ । ३ हजार ब्ल्यांक राउन्ड फायर भएको रिपोर्ट रेग्मी समितिको प्रतिवेदनमा उल्लेख छ ।

देशभर ८ हजार ६०० अश्रु ग्यास चलेको रिपोर्टमा उल्लेख छ ।

प्रहरीका १ हजार २०० भन्दा बढी हातहतियार र गोलीगट्ठा लुटपाट तथा हराएको अवस्थामा पनि ४ हजार २३ राउन्ड गोली चलेको रिपोर्ट रेग्मी नेतृत्वको समितिको प्रतिवेदनमा उल्लेख छ । यस्तो अवस्थामा कसरी गोलीको विवरण निकालियो भन्नेबारे अनलाइनखबरले समितिका एक सदस्यसँग सम्पर्क गरेको थियो ।

ती सदस्यका अनुसार प्रहरीले बोकेर फिल्डमा खटिएका हतियार चोरी तथा लुटपाट भएका छैनन् । ती अधिकृतका अनुसार जति पनि हतियार तथा गोलीगट्ठा चोरी भएका छन्, ती सबै प्रहरी कार्यालयमा स्टोर गरिएका हुन् । जसका कारण यसको हिसाब निकाल्न सहज भएको ती अधिकृत बताउँछन् ।

प्रहरीले गोली चलाउँदा सुनसरीमा २ जना र काठमाडौंमा २० जना गरी २२ जनाको ज्यान गएको थियो । अधिकांश मृतकको टाउको र छातीमा गोली लागेको पोष्टमार्टम रिपोर्टमा उल्लेख छ । जेनजी आन्दोलनको क्रममा तीन प्रहरीमा मारिएका थिए ।

महाराजगञ्ज वृत्तमा कार्यरत असई मिलन राय, जवान उत्तम थापा र प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत सहायक हवल्दार अमृत गुरुङ प्रदर्शनकारीको आक्रमणबाट मारिएका थिए ।

९८ हजार गोली हराए

आन्दोलनको क्रममा ठूलो संख्यामा प्रहरीका गोली हराएका छन् । रेग्मी नेतृत्वको समितिले ९८ हजार धातुका गोली हराएको तथा लुटिएको रिपोर्टमा उल्लेख गरेको छ ।

देशभरको विवरण संकलन गरी प्रतिवेदन तयार पारेको समितिले धातुका गोली मात्रै ९८ हजार थान हराएको उल्लेख गरेको हो । यी अधिकांश गोलीहरू प्रहरी कार्यालयमा भण्डारण गरेर राखिएका हुन् । जसमध्ये कतिपय गोली आगजनीमा परेर जलेको र केही गोलीहरू प्रदर्शनकारीले लगेको उल्लेख छ ।

‘९८ हजार राउन्ड गोली हराएका छन् । तीमध्ये कतिपय जले । कति आन्दोलनकारीले लगे भन्ने यकिन हुन सकेन,’ समितिका एक सदस्यले अनलाइनखबरसँग भने ।

यसका साथै २ हजार ८०० ग्यास सेल पनि हराएको प्रतिवेदनमा उल्लेख छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More