काठमाडौं, १० फागुन
सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लले डर वा धम्की दिएर न्याय दिन नसकिने बताउनुभएको छ ।
सर्वोच्च अदालतले आज अन्तर्राष्ट्रिय महिला दिवस तथा अन्तर्राष्ट्रिय महिला न्यायाधीश दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै न्यायाधीश मल्लले सुशासन न्यायपालिकाको मर्म भएको र न्यायिक स्वतन्त्रता, निष्पक्षता र निडरताबाट मात्रै न्याय सुनिश्चित गर्न सकिने बताउनुभयो । परिस्थिति, संविधानले स्वतन्त्र न्यायपालिकाको परिकल्पना गरेको छ।
महिला अघि बढे मात्रै राष्ट्रको उन्नति हुने बताउदै उनले राजनीतिक, आर्थिक, सामाजिक क्षेत्रमा अझै पनि खाडल कायमै रहेकाले महिला दिवस मनाउन जरुरी रहेको बताइन् ।
सरंगा सुवेदीले महिलाले एकअर्काको क्षमतामा विश्वास गर्दै उत्पादनशील ढंगले काम गर्नुपर्नेमा जोड दिनुभयो । उनीहरुको नेतृत्व क्षमता सुदृढ गर्दै न्याय, समानता, सहभागिता र समावेशीताको प्रवद्र्धनमा सक्रिय योगदान पु¥याउने ।

