काठमाडौं, चैत ९
निर्वाचन आयोगले राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि माघ १ गतेदेखि लागू भएको निर्वाचन आचारसंहिता आज मध्यरातबाट निष्क्रिय हुने घोषणा गरेको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोगले आज यो निर्णय गरेको जानकारी दिए।
निर्वाचन आयोग ऐन, २०७३ बमोजिम निर्वाचन आचारसंहिता लागू भएको र निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित रुपमा सम्पन्न गराउने उद्देश्यले निर्वाचन आचारसंहिता लागू गरिएको हो ।
आज जारी गरिएको विज्ञप्तिमा, आयोगले मध्यरातबाट आचारसंहिता निष्क्रिय रहने पुष्टि गरेको छ।

