― Advertisement ―

क्लाउडले जेमिनी र ChatGPT लाई हराएर प्रमुख प्रयोगकर्ता सन्तुष्टि सर्वेक्षणमा जित्यो – तर यो Grok र Siri को लागि नराम्रो खबर हो

सार्वजनिक एआईएआईसँग उच्च स्कोर भएका प्रयोगकर्ताहरू बीचमा 56.2 को नेट स्कोर, 46.5 मा मिथुन भन्दा अगाडिग्रोक र सिरी सन्तुष्टि रेटिंग शीर्ष 10 को तलमा...
HomeLatest newsकथाले प्रकृतिलाई होइन, प्रकृतिले नै कथाहरू सिर्जेको हुन्छ

कथाले प्रकृतिलाई होइन, प्रकृतिले नै कथाहरू सिर्जेको हुन्छ


News Summary

Generated by OK AI. Editorially reviewed.

  • डा. तीर्थबहादुर श्रेष्ठले सानेपास्थित आफ्ना बगैंचामा रोपिएका विभिन्न बोटबिरुवाबारे विस्तृत जानकारी दिए ।
  • उनले बुद्धत्व प्राप्त गरेको पीपलको वंश टिस्यु कल्चर विधिबाट हुर्काइएको बताए ।
  • डा. श्रेष्ठले बगैंचामा पारिस्थितिक प्रणाली हुनुपर्ने र मान्छेलाई पनि माया गर्नुपर्ने सल्लाह दिए ।

कात्तिक २ गते वनस्पतिविद् डा. तीर्थबहादुर श्रेष्ठको सानेपास्थित घर पुग्दा बाहिरको माहौल बिर्साउने वातावरण थियो । त्यसको एउटै कारण उनको ओजबाहेक बगैंचा हो । हामी त्यही बगैंचा खिच्ने बहानामा उनको घर पुगेका थियौं ।

उनले हामीलाई बगैंचामा रोपिएका पारिजात, सयपत्री, मखमली, वरविपल, लगायतका विभिन्न बोटबिरुवाबारे विस्तृतमा जानकारी दिए । उनले कुनै जागिरका क्रममा ल्याएर रोपेका हुन् भने कुनै साथीभाइले उपहारस्वरुप दिएका थिए ।

पक्की घरको अघिल्तिर फैलिएको बगैंचालाई उनले कुनै समय ‘अल्छे बगैंचा’ नाम दिन चाहेका थिए । कारण थियो– बुढ्यौली उमेरमा बगैंचाको राम्रो हेरचाह गर्न नसक्नु । त्यसकारण कम मात्र काम गर्न सक्थे । तर, उनी नामको फन्दामा परेनन् ।

त्यही बगैंचामा डुल्दै हामीसँग उनले रोचक कुरा भने– कथाले बिरुवा वा प्रकृतिलाई सिर्जेको होइन । प्रकृतिले नै कथाहरू सिर्जेको हुन्छ । अर्थात् बिरुवाहरूपछि मात्र कथा बुनिएका हुन्छन् ।

उदाहरण स्वरुप उनले हामीलाई पारिजातसँग जोडेर इन्द्र जात्रा, कुबेर र कृष्ण र सूर्यसँग सम्बन्धित कथा सुनाए । जुन कथाहरू धेरै पटक भनिसकिएको छ ।

त्यस्तै बुद्धले बुद्धत्व प्राप्त गरेको पीपलको वंश देखाए । जुन उनले टिस्यु कल्चर विधिबाट हुर्काएको पीपल हो । लुम्बिनीको मायादेवी मन्दिरमा उत्खननका क्रममा एउटा पीपलको रुख काट्नु पर्‍यो । त्यो ऐतिहासिक पीपल थियो । किनकि त्यसकै छहारीमा बुद्धले बुद्धत्व प्राप्त गरेका थिए । कारणवस पीपल काट्नु परेपछि टिस्यु कल्चर गरिएको थियो ।

त्यसपछि उनले सुनाखरीको इतिवृतान्त पनि बताए । अनि यसैको हत्ता जोडी भनेर जुम्लामा चिनिने प्रजाति किन दुर्लभ हुन्छन् भनेर सुनाए । उनका अनुसार मानिसहरूले त्यसलाई जडीबुटीको रूपमा निकासी गर्ने र बेच्ने कारण लोपोन्मुख भएको हो ।

यी बाहेक पाषाणभेद, सर्वदा, तुलसी, कपास, सुन केमरा लगायतका बोटबिरुवाबारे पनि उनले जानकारी दिए । यसरी फरक-फरक बोटविरुवा रोप्दा हुने मानसिक, शारीरिक फाइदा, समग्रमा बगैंचाबारे पनि उनले चर्चा गरे ।

उनका अनुसार बगैंचालाई ज्यान भएको बनाउन पुतली, चराचुरुङ्गी र कीरा फट्याङ्ग्रा हुनैपर्छ । भन्नुको अर्थ बगैंचामा पारिस्थितिक प्रणाली हुनुपर्छ । तब मात्र त्यो जीवन्त बगैंचा हुने उनको भनाइ छ ।

अन्त्यमा, उनले आफ्नो जीवनकालमा जडीबुटी खोज्ने क्रममा बोटबिरुवालाई मात्र ध्यान दिँदा मान्छेलाई माया गर्न बिर्सेको दु:खान्त सुनाए । त्यसक्रममा सम्पर्क भएका मान्छेहरूसँग लामो समय सम्बन्ध कायम गर्न नसकेको उनले सुनाए । त्यसबाट बच्न मान्छेलाई पनि माया गर्न सिक्नुपर्छ भन्ने सल्लाह दिए । उनको सुझाव नै बोटविरुवासँगै मान्छेलाई पनि माया गर्नुपर्छ भन्ने रहेको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More