― Advertisement ―

रोबोटहरू युद्धहरू लडिरहेका छन् र दंगा हटाउन मद्दत गरिरहेका छन् – चीनले दंगा पुलिसलाई एआई नियन्त्रित ड्रोनहरूको टोलीसँग सशस्त्र बनाउँदैछ र युक्रेनले 25,000 रोबोटहरूसँग...

चीन नयाँ परीक्षण गर्दै छन् क्षमताहरूरूससँगको युद्धको अग्रपङ्क्तिमा रोबोटहरू तैनाथ भइरहेका छन्चीनमा हुने विरोध प्रदर्शनहरूलाई चाँडै रोबोट र ड्रोनहरूको टोली प्रयोग गरेर प्रहरी परिचालन...
HomeLatest newsबाबुल गिरीलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

बाबुल गिरीलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति


News Summary

Generated by OK AI. Editorially reviewed.

  • काठमाडौं जिल्ला अदालतले गायिका नितु पौडेल मृत्यु घटनामा प्रहरी हिरासतमा रहेका संगीतकार बाबुल गिरीलाई थप ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
  • गिरीलाई पौडेलका आफन्तको जाहेरीको आधारमा पक्राउ गरिएको थियो र उनीहरूले झण्डै ७ वर्षदेखि प्रेम सम्बन्धमा रहेको प्रहरीसँगको बयानमा स्वीकारेका छन्।
  • कात्तिक १ गते अनामनगरस्थित गिरीको स्टुडियोमा पौडेलले पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेकी थिइन् र कात्तिक ७ गते कीर्तिपुर बर्न अस्पतालमा उनको मृत्यु भएको थियो।

काठमाडौं । गायिका नितु पौडेल मृत्युको घटनामा प्रहरी हिरासतमा रहेका संगीतकार बाबुल गिरीलाई थप ५ दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।

पौडेलका आफन्तको जाहेरीको आधारमा गिरीलाई प्रहरीले पक्राउ गरेको थियो । बाबुल र नितु झण्डै ७ वर्षदेखि प्रेम सम्बन्धमा थिए ।

कात्तिक १ गते शनिबार अनामनगरस्थित गिरीकै स्टुडियोमा पौडेलले शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी थिइन् ।

उपचारका क्रममा कात्तिक ७ गते शुक्रवार बिहान कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको थियो ।

प्रहरीसँगको प्रारम्भिक बयानमा गिरीले पौडेलसँगको प्रेम सम्बन्ध स्वीकारेका छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More