― Advertisement ―

रोबोटहरू युद्धहरू लडिरहेका छन् र दंगा हटाउन मद्दत गरिरहेका छन् – चीनले दंगा पुलिसलाई एआई नियन्त्रित ड्रोनहरूको टोलीसँग सशस्त्र बनाउँदैछ र युक्रेनले 25,000 रोबोटहरूसँग...

चीन नयाँ परीक्षण गर्दै छन् क्षमताहरूरूससँगको युद्धको अग्रपङ्क्तिमा रोबोटहरू तैनाथ भइरहेका छन्चीनमा हुने विरोध प्रदर्शनहरूलाई चाँडै रोबोट र ड्रोनहरूको टोली प्रयोग गरेर प्रहरी परिचालन...
HomeLatest newsभौतिक पूर्वाधार निर्माण कोषमा इजरायलबाट १० लाख सहयोग

भौतिक पूर्वाधार निर्माण कोषमा इजरायलबाट १० लाख सहयोग


News Summary

Generated by OK AI. Editorially reviewed.

  • इजरायलमा रहेका नेपालीहरूले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि भौतिक पूर्वाधार निर्माण कोषमा १० लाख रूपैयाँ सहयोग गरेका छन्।
  • गैर–आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् इजरायलले आर्थिक सहयोग संकलन गरी नेपाली राजदूतावासमार्फत उक्त रकम कोषमा जम्मा गरेको छ।
  • एनआरएन इजरायलले तिहार सांगीतिक कार्यक्रम र देउसी भैलोबाट संकलित रकम हस्तान्तरण गरी सहयोग रकम सदुपयोग र कानुनी कारबाहीको माग गरेको छ।

११ कात्तिक, काठमाडौं । भौतिक पूर्वाधार निर्माण कोषमा इजरायलमा रहेका नेपालीहरूले १० लाख रूपैयाँ सहयोग गरेका छन् । गैर–आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् इजरायलको अगुवाईमा संकलन भएको १० लाख रूपैयाँ कोषमा जम्मा गरिएको हो ।

नेपाल सरकारले कोषमा योगदान गर्न आह्वान गरेपछि एनआरएनए इजरायलले समेत सहयोगको अपिल गरेको थियो । अपिलपछि उठेको रकम नेपाली राजदूतावास इजरायलमार्फत कोषमा जम्मा गरिएको हो ।

गत भदौ २३ र २४ गते नेपालमा चलेको जेनजी आन्दोलनका क्रममा विभिन्न सरकारी तथा निजी संरचनामा आगजानी, तोडफोड तथा लुटपाट भएको थियो । त्यसको पुनर्निर्माण, आर्थिक पुनरूत्थान तथा राहतका लागि अर्थ मन्त्रालयले सहयोगको अपिल गर्दै कोष खडा गरेको थियो ।

उक्त कोषमा विदेशमा रहेका नेपालीहरूले समेत आर्थिक सहयोग गर्दै आएका छन् । विदेशस्थित नेपाली राजदूतावास तथा नियोगहरूले समेत विदेशमा बस्ने नेपालीहरूलाई आर्थिक सहयोग गर्न अपिल गरेका थिए । सोही अनुसार एनआरएन इजरायलले समेत आर्थिक सहयोग संकलन गरेर कोषमा जम्मा गरेको एनआरन इजरायलका महासचिव चित्र बहादुर कार्कीले जानकारी दिए ।

जेनजी आन्दोलनको क्रममा क्षतिग्रस्त भौतिक संरचनाहरू निर्माणका लागि रेमिट्यान्स मार्फत १० लाख रूपैयाँ जम्मा गरिएको कार्कीले बताए । एनआरएनले तिहार विशेष सांगीतिक कार्यक्रमबाट बचत रकम र देउसी भैलोबाट संकलित रकम दूतावासको रोहबरमा हस्तान्तरण गरेको हो ।

नेपालमा समय समयमा आइपरेका विपत्ति, सामाजिक सेवामूलक कार्य एवम् इजरायलमा कार्यरत कामदारहरूलाई परेको अप्ठ्यारोमा सहयोग गर्दै आएको कार्कीको भनाइ छ । इजरायलमा रहेका नेपालीलाई कोषमा सिधै रकम जम्मा गर्न समेत अनुरोध गरेको छ ।

सहयोग रकम सही रुपले सदुपयोग हुने, पुनः यस्ता विध्वंसात्मक घटनाहरु दोहोरिन नदिनेतर्फ सचेत रहन समेत सबैमा अनुरोध गरिएको छ । एनआरएनले अराजक कार्यमा संलग्न जो कोहीलाई पनि पहिचान गरी कानुन अनुसार कारबाही गर्न समेत माग गरेको छ ।





Read More