― Advertisement ―

गुगलको क्वान्टम चेतावनीले बिटकोइन ईन्क्रिप्शन चाँडै असफल हुन सक्छ भनी क्यूबिट आवश्यकताहरू भविष्यको साइबर सुरक्षा जोखिमहरूको बारेमा धारणाहरू परिवर्तन गर्ने सुझाव दिन्छ।

क्वान्टम रिसोर्सको अनुमानको तुलनामा द्रुत गतिमा कमी हुन सक्छ अपेक्षितकम गरिएको क्यूबिट आवश्यकताहरूले सैद्धान्तिक आक्रमणहरूलाई व्यावहारिक वास्तविकताको नजिक ल्याउँछबिटकोइनको क्रिप्टोग्राफिक आधारहरूले क्वान्टम एल्गोरिथ्म दक्षतालाई...
HomeLatest news१०.२५ अंक घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि

१०.२५ अंक घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि


राष्ट्रिय

समाचार.

  • आइतबार सेयर बजार १०.२५ अंक घटेर २६९८.४४ बिन्दुमा झरेको छ।
  • सेयर बजारमा होटल र पर्यटन उपसूचक २.१३ प्रतिशतले सबैभन्दा धेरै घटेको छ।
  • सुपर माई हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको छ भने कालिञ्चोक दर्शन लिमिटेडको मूल्य ८.९१ प्रतिशतले घटेको छ।

२५ माघ, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार १०.२५ अंक घटेको छ । ०.३७ प्रतिशत गिरावट सहित सेयर बजार २६९८.४४ बिन्दुमा झरेको छ ।

आइतबार ‘अन्य’ र लगानी उपसूचक बाहेक अन्य सबै उपसूचकको मूल्य घटेको छ । आज सबैभन्दा धेरै २.१३ होटल र पर्यटन उपसूचकका लगानीकर्ताले गुमाएका छन् । आइतबार कुल ३ सय ३० धितोपत्रको १ लाख ११ हजार ९ सय ७८ कारोबारबाट २ करोड ६२ लाख ३६ हजार २ सय ४ कित्ता सेयर किनबेच भएको छ । आइतबार कुल ११ अर्ब ६५ करोड ९७ लाख बराबर कारोबार भएको देखिएको छ ।

आज सबैभन्दा धेरै १० प्रतिशतले सुपर माई हाइड्रोपावरको मूल्य बढेको छ । यसबाहेक रिडी पावर कम्पनी, खानीखोला हाइड्रो, हिमालयन हाइड्रोपावर सहित धितोपत्रका लगानीकर्ताले समेत आज धेरै कमाएका छन् ।

कालिञ्चोक दर्शन लिमिटेडका लगानीकर्ताले आज सबैभन्दा धेरै गुमाए । यस धितोपत्रको मूल्य ८.९१ प्रतिशतले घटेको छ । यसबाहेक कर्पोरेट विकास बैंक, नारायणी विकास बैंकसहित धितोपत्रको मूल्य धेरैले घटेको छ । सुपर मादी हाइड्रोको आज सबैभन्दा धेरै कारोबार भएको छ ।





Read More