― Advertisement ―

गुगलको क्वान्टम चेतावनीले बिटकोइन ईन्क्रिप्शन चाँडै असफल हुन सक्छ भनी क्यूबिट आवश्यकताहरू भविष्यको साइबर सुरक्षा जोखिमहरूको बारेमा धारणाहरू परिवर्तन गर्ने सुझाव दिन्छ।

क्वान्टम रिसोर्सको अनुमानको तुलनामा द्रुत गतिमा कमी हुन सक्छ अपेक्षितकम गरिएको क्यूबिट आवश्यकताहरूले सैद्धान्तिक आक्रमणहरूलाई व्यावहारिक वास्तविकताको नजिक ल्याउँछबिटकोइनको क्रिप्टोग्राफिक आधारहरूले क्वान्टम एल्गोरिथ्म दक्षतालाई...
HomeLatest newsभत्किएको ‘लालकिल्ला’मा शर्मालाई रास्वपाको चुनौती, विरासत फर्काउन खोज्दै एमाले–नेकपा – KhabarHost

भत्किएको ‘लालकिल्ला’मा शर्मालाई रास्वपाको चुनौती, विरासत फर्काउन खोज्दै एमाले–नेकपा – KhabarHost


राष्ट्रिय

समाचार.

  • मोरङ क्षेत्र नम्बर-३ मा २०७९ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका डा. सुनिल शर्माले कम्युनिस्ट गढ तोडेका थिए।
  • फागुन २१ को निर्वाचनमा शर्मालाई राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश कार्कीले कडा चुनौती दिइरहेका छन्।
  • शर्माले नोबेल मेडिकल कलेजमार्फत स्वास्थ्य उपचारमा सहुलियत दिने एजेन्डा लिएर चुनावी प्रचार गरिरहेका छन्।

२५ माघ, विराटनगर । मोरङ क्षेत्र नम्बर-३ कम्युनिस्ट शक्तिको ‘लालकिल्ला’को उपमा पाएको क्षेत्र हो । २०४८ सालदेखि २०७४ सम्मका सबै निर्वाचनमा मोरङ-३(पहिले मोरङ-२)मा कम्युनिस्ट उम्मेदवारहरूले जित्दै आएका थिए ।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा भने यो लालकिल्ला नेपाली कांग्रेसका उम्मेदवार डा. सुनिल शर्माले तोडे । कम्युनिस्ट गढ भत्काउने क्रममा शर्माले नेकपा एमाले उम्मेदवार भानुभक्त ढकाललाई २२ हजार बढी मतान्तरले पराजित गरेका थिए । शर्माले ४८ हजार ६३१ मतसहित जित हासिल गर्दा ढकालले २५ हजार ८९५ मत पाएका थिए । ढकाल अहिले एमालेको केन्द्रीय सचिव छन् ।

तीन वर्षअघि कम्युनिस्ट गढ भत्काएका शर्मा फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसबाटै फेरि चुनावी मैदानमा छन् । यसपटक उनलाई कम्युनिस्ट उम्मेदवारभन्दा बढी गैह्र कम्यनिस्ट उम्मेदवारले चुनौती दिइरहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मोरङ-३ मा शर्माविरुद्ध गणेश कार्कीलाई उतारेको छ । प्रारम्भिक माहोल हेर्दा शर्मालाई कार्कीले कडा टक्कर दिने देखिएको छ ।

यस्तै एमालेले इरनकुमार राई, नेपाली कम्युनिस्ट पार्टी(नेकपा)बाट डा. देउमान सम्बाहाम्फे पनि यो क्षेत्रका बलिया प्रतिद्वन्द्वी हुन् । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको पनि यहाँ प्रभाव देखिएको छ । उसले अमिर मगर चुनावी मैदानमा उतारेको छ । मोरङ–३ मा दल र स्वतन्त्र गरी कुल १८ जना उम्मेदवार छन् ।

एजेण्डाः शर्माको स्वास्थ्य, कार्कीको ‘सिस्टम’ बदल्ने

विराटनगरको नोबेल मेडिकल कलेजका सञ्चालकसमेत रहेका कांग्रेस उम्मेदवार शर्माले स्वास्थ्य उपचारमा सहुलियत दिने ‘कार्ड’ फालिरहेका छन् । जुन मुद्दा ०७९ को प्रतिनिधिसभामा पनि उनले प्रयोग गरेका थिए ।

निर्वाचन जितेपछि उनले मोरङ–३ का बिरामीका लागि नोबेल अस्पतालमा छुट्टै वार्ड बनाएका थिए । अहिले अस्पतालमा ‘होटलको जस्तै बेड बनाएर सेवा दिने’ आश्वासन बाँडिरहेका छन् ।

उता रास्वपा उम्मेदवार कार्की राजनीति र पार्टीभित्र प्रश्न गरेरै चिनिएका नेता हुन् । उनले ‘सिस्टम बदल्ने’ भन्दै भोट मागिरहेका छन् । ठुला सपना बाँड्ने भन्दा पनि दैनिक जनजीजवनमा प्रभाव पार्ने विषयलाई सहज बनाउने बताएर कार्की मतदातासम्म पुगिरहेका छन् ।

एमाले उम्मेदवार राई र रास्वपा उम्मेदवार कार्कीले सुकुमवासी समस्या, दोहोरो स्वामित्व विवाद, सडक पूर्वाधार, शैक्षिक गुणस्तर सुधारलगायत एजेण्डा अघि सारेर भोट मागिरहेका छन् ।

लालकिल्ला भत्किएपछि एमालेलाई सकस

मोरङ-३ को भूगोल(साबिक मोरङ-२)बाट स्व. भरतमोहन अधिकारीले २०४८, २०५१ र २०५६ को आम निर्वाचनमा लगातार तीन पटक जित निकालेर ‘ह्याट्रिक’ गरेका थिए । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा भने अधिकारी पराजित हुनपुगे । उनी पराजित हुँदा तत्कालीन नेकपा माओवादी उम्मेदवार लालबहादुर सुस्लिङ मगरले बाजी मारेका थिए । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा एमालेबाट चण्डिप्रसाद राई विजयी भए ।

संविधान निर्माणपछि निर्वाचन क्षेत्र समायोजन गर्दा पुरानो मोरङ–२ को भूगोलमा मोरङ–३ नम्बर क्षेत्र कायम गरियो । त्यसपछि भएको २०७४ को प्रतिनिधिसभा निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र भानुभक्त ढकाल यो क्षेत्रबाट विजयी भएका थिए ।

यसरी तीन दशकसम्म कम्युनिस्टको ‘लालकिल्ला’ २०७९ मा कांग्रेसका शर्माले तोडेका थिए । आफ्नै मेडिकल कलेजमार्फत स्वास्थ्य उपचारमा सहुलियत दिएर मन जितेका शर्माले लालकिल्ला मात्रै तोडेनन्, एमालेको परम्परागत जनाधार पनि कमजोर बनाइदिए ।

यो पटक यहाँ एमालेलाई उम्मेदवार खोज्नै धौधौ परेको थियो । सुरुमा पार्टी केन्द्रीय कमिटीले पथरीशनिश्चरे नगरपालिकाका पूर्वप्रमुख दिलीप राईलाई टिकट दिएको थियो । उनले उठ्ने आँट गरेनन् । त्यसपछि एमालेबाट बेलबारीका निजी विद्यालय सञ्चालक इरनकुमार राई मैदानमा उतारेको हो ।

मोरङ-३ को भूगोल(साबिक मोरङ-२)बाट स्व. भरतमोहन अधिकारीले २०४८, २०५१ र २०५६ को आम निर्वाचनमा लगातार तीन पटक जित निकालेर ‘ह्याट्रिक’ गरेका थिए ।

यसपटक परिस्थिति पनि फेरिएको छ । २०७४ मा एमालेका ढकाल र २०७९ मा कांग्रेसका शर्मालाई सघाएको हालको नेकपा(तत्कालीन नेकपा माओवादी केन्द्र)ले आफ्नै उम्मेदवार(डा. देउमान सम्बाहाम्फे) उतारेको छ ।

मोरङ-३ छाडेका एमोले सचिव ढकाल तेह्रथुम उक्लिएका छन् । यति हुँदा पनि २०७९ कै स्थानीय तह निर्वाचनमा पथरी शनिश्चरे, कानेपोखरी, बेलबारी र सुन्दरहरैँचा गरी चार वटै पालिका प्रमुख जितेका आधारमा एमालेले यहाँ आफूलाई बलियो शक्ति मानेको छ ।

शर्माको शक्ति नै स्वास्थ्य

कांग्रेस उम्मेदवार डा. शर्माको चुनावी शक्ति नै स्वास्थ्य हो । यही कारण उनले प्रचारको आधार नै नोबेल मेडिकल कलेजलाई बनाएका छन् । नागरिकताको भरमा मोरङ-३ का मतदातालाई नोबेल अस्पतालमा सहुलियत उपचार गराएर उनले जनतामा बलियो पकड बनाएका छन् ।

यो निर्वाचनमा पनि उनले ‘अस्पताल कार्ड’लाई नै मुख्य एजेन्डा बनाएका छन् । तर, पछिल्लो समय बेलाबेला आइरहने उनका विवादास्पद अभिव्यक्ति बौद्धिक र युवा पुस्ताले रुचाएका छैनन् । उनका लागि आफ्नै अभिव्यक्तिको भार कतिसम्म पर्छ, त्यो भने चुनावी नतिजामा देखिने छ ।

असन्तुष्टिमा सम्भावना खोज्दै कार्की

पुराना दलसँग आम मतदातामा भएको असन्तुष्टिको आवाजबाट जित निकाल्ने प्रयासमा रास्वपा उम्मेदवार कार्कीको प्रयास छ । उनले परिवर्तनको आवाज उठाइरहेका छन् । शर्माको एजेण्डा खण्डित गर्न उनले ‘स्वास्थ्यको लोभभन्दा पनि व्यवस्था सुधार्नुपर्छ’ भन्ने नारा दिइरहेका छन् ।

शिक्षित उम्मेदवार

यहाँ मुख्य प्रतिस्पर्धी रहेका सबैजसो उम्मेदवार उच्च शिक्षा हासिल गरेकै व्यक्ति छन् । नेकपा उम्मेदवार सम्बाहाम्फे अधिवक्ता हुन् । ५८ वर्षका सम्बाहाम्फेले विद्यावारिधि गरेका छन् । कांग्रेसका ४८ वर्षीय शर्मा एमबीबीएस डाक्टर हुन् भने, एमालेले उठाएका उम्मेदवार राई ५५ वर्षका छन्, उनले स्नातकोत्तर गरेका छन् ।

यस्तै रास्वपा उम्मेदवार कार्की र राष्ट्रिय ऊर्जाशील पार्टीका भुवनकुमार वाग्लेले पनि स्नातकोत्तर गरेका छन् ।

यो क्षेत्रमा २०७९ को निर्वाचनमा समानुपातिकतर्फ कांग्रेसले २९ हजार ८५९ र एमालेले २५ हजार २८ मत पाएको थियो । रास्वपाले १४ हजार ४०८ मत ल्याउँदा राप्रपाले ९ हजार ३७२ मत पाएको थियो ।

यस पटक यो क्षेत्रमा एक लाख ५८ हजार ५७ मतदाता छन् ।





Read More