― Advertisement ―

गुगलको क्वान्टम चेतावनीले बिटकोइन ईन्क्रिप्शन चाँडै असफल हुन सक्छ भनी क्यूबिट आवश्यकताहरू भविष्यको साइबर सुरक्षा जोखिमहरूको बारेमा धारणाहरू परिवर्तन गर्ने सुझाव दिन्छ।

क्वान्टम रिसोर्सको अनुमानको तुलनामा द्रुत गतिमा कमी हुन सक्छ अपेक्षितकम गरिएको क्यूबिट आवश्यकताहरूले सैद्धान्तिक आक्रमणहरूलाई व्यावहारिक वास्तविकताको नजिक ल्याउँछबिटकोइनको क्रिप्टोग्राफिक आधारहरूले क्वान्टम एल्गोरिथ्म दक्षतालाई...
HomeLatest newsसूर्यको सुझबुझ ब्याटिङ, शेपर्डको ह्याट्रिक अनि डचको ड्रप – KhabarHost

सूर्यको सुझबुझ ब्याटिङ, शेपर्डको ह्याट्रिक अनि डचको ड्रप – KhabarHost


राष्ट्रिय

समाचार.

  • आईसीसी मेन्स टी-२० विश्वकप २०२६ आजदेखि सुरु भई पहिलो दिन भारत, वेस्ट इन्डिज र पाकिस्तानले जित हात पारेका छन्।
  • भारतीय कप्तान सूर्यकुमार यादवले ४८ बलमा अविजित ८४ रन बनाएर भारतलाई १६१-८ को स्कोरमा पुर्‍याउन मद्दत गरे।
  • पाकिस्तानले नेदरल्यान्ड्सलाई ३ विकेटले हरायो भने वेस्ट इन्डिजले स्कटल्याण्डलाई ३५ रनले पराजित गर्‍यो।

२५ माघ, मुम्बई । आईसीसी मेन्स टी-२० विश्वकप २०२६ आज देखि औपचारिक रुपमा सुरु भइसकेको छ । पहिलो दिन तीन खेल सम्पन्न हुँदा तीनै खेल टेस्ट भर्सेस एसोसिएट राष्ट्र थियो ।

जसमा एसोसिएटले टक्कर दिएपनि टेस्ट राष्ट्रलाई पराजित भने गर्न सकेन । सहआयोजक भारतसहित वेष्ट इन्डिज र पाकिस्तानले पहिलो दिन विजयी सुरुवात गर्दा केही विशेष क्षणहरु रहे । एसोसिएट राष्ट्रहरु नेदरल्याण्ड्स, स्कटल्याण्ड र अमेरिका पराजित भए ।

श्रीलंकाको कोलोम्बोमा भएको पहिलो खेलमा पाकिस्तानले नेदरल्याण्ड्सलाई ३ विकेटले हराउँदा भारतका भएको दुई खेलमा वेष्ट इन्डिज र भारतले स्कवर डिफेण्ड गर्दे जित हात पार्‍यो । वेष्ट इन्डिजले स्कटल्याण्डलाई ३५ रनले तथा भारतले अमेरिकालाई २९ रनले पराजित गर्‍यो ।

भारतीय कप्तान सूर्य कुमार यादवले मुम्बईको वानखेडे स्टेडियममा सुझबुझपूर्ण ब्याटिङ गर्दा नाटकिय रुपमा पतन भएको ब्याटिङलाई टेवा पुर्‍याएका थिए र त्यही इनिङ्स नै भारतको जितमा महत्वपूर्ण क्षण बन्यो ।

उनले ४९ बलमा अविजित ८४ रनको महत्वपूर्ण पारी खेल्दै टस हारेर पहिले ब्याटिङ गरेको भारतको स्कोर १६१-८ पुर्‍याउन मद्दत गरेका थिए । टी-२०आई मा विश्वकै नम्बर वान ब्याटर अभिषेक शर्मा टी-२० विश्वकपको आफ्नो डेब्यू खेलमै डक आउट भए ।

एक छेउबाट लगातार विकेट पतन भइरहँदा सूर्यले वाल बनेर भारतलाई सम्हालेका थिए । स्याडली भान शाकवाइकले पहिलो स्पेलमै ३-१३-३ को उत्कृष्ट प्रदर्शन गरेपछि एक समय ७७-६ को संकटपूर्ण अवस्थामा पुगेको भारतका लागि सूर्यले उद्दार गरे ।

उनले अक्षर पटेलसँग ४१ रनको महत्वपूर्ण साझेदारी गरे । सूर्य बाहेक तिलक वर्माले २५, इशन किसनले २० र अक्षरले १४ रन योगदान गरे । अमेरिकाकाका लागि शाकवाइकले सर्वाधिक ४ विकेट लिँदा हर्मित सिंहले २ विकेट लिए ।

१६२ रनको लक्ष्य पछ्याउँदा अमेरिकाले पनि टप अर्डरको विकेट चाँडै गुमाउँदा सम्हालिन पाएन र २९ रनले पराजित भयो । अमेरिकाले २० ओभरमा ८ विकेट गुमाएर १३२ रन मात्र बनाउन सक्यो ।

पाँचौं नम्बरका ब्याटर सन्जय कृष्णमुर्ती र छैटां नम्बरका ब्याटर शुभम रन्जानले समान ३७ रन बनाए । १३ रनमै ३ विकेट गुमाउँदा सन्जयले मिलिन्द कुमार सँग ५८ रनको साझेदारी गरेका थिए ।

मिलिन्द कुमारले ३४ रन जोडे । यी तीन बाहेक अमेरिका लागि अन्य खेलाडीले दोहोरो अंकमा रन छुन सकेनन् । भारतका लागि मोहम्मद सिराजले ३ तथा अर्शदीप सिंह र अक्षर पटेलले समान २ विकेट लिए ।

हेटमायरको विस्फोटक ब्याटिङ र शेपहर्डको ह्याट्रिक

अर्को पूर्व विजेता टिम वेस्ट इन्डिजले पनि ब्याटिङमा सामान्य सुरुवात गरेको थियो । तर शिम्रोन हेटमायरले २२ बलमै अर्धशतक बनाउँदे आक्रमक ब्याटिङ गर्दा वेस्ट इन्डिजले १८२-५ रन बनायो ।

जवाफमा स्कटल्यान्डले राम्रो सुरुवात गरेको भएपनि जित भने निकाल्न सकेन । १३ ओभर सकिँदा ११४-३ को अवस्थामा रहेको स्कटल्यान्डलाई ४२ बलमा ६९ रन आवश्यक थियो ।

त्यहाँबाट नियमित अन्तरालमा विकेट गुमाउँदा स्कटल्यान्ड ७ बल खेल्नुअगावै १४७ रनमा अलआउट भयो । रोमारियो शेपर्डले यस टी-२० विश्वकपको पहिलो ह्याट्रिक विकेट लिँदै कुल ५ विकेट लिएर वेस्ट इन्डिजलाई ३५ रनको फराकिलो जित दिलाए ।

क्याच ड्रपले चुकेको नेदरल्यान्ड्स

श्रीलंकामा भएको पहिलो खेलमा नेदरल्यान्ड्सले आफ्नै कारणले पाकिस्तानलाई हराउने अवसर गुमायो । पाकिस्तानले अन्तिम दुई ओभरमा जितका लागि २९ रन आवश्यक थियो र नेदरल्यान्ड्सले जित्ने सम्भावना बढी थियो । तर १९औं ओभरमा पाकिस्तानले २४ रन जोड्दै खेल परिवर्तन गर्यो ।

नेदरल्यान्ड्सले दिएको १४८ रनको लक्ष्य पाकिस्तानले ३ बल अगावै ७ विकेट गुमाएर पूरा गरेको थियो । १९औं ओभरको दोस्रो बलमा नेदरल्यान्ड्सका म्याक्स ओ डाउडले पाकिस्तानका फहिम असरफको क्याच ड्रप गरेका थिए । जुन डचलाई महँगो पर्‍यो । त्यही ओभरमा फहिमले ३ छक्का र २ चौकासहित २४ रन जोडे र पाकिस्तानलाई जित नजिक पुर्‍याएका थिए ।

आठौ नम्बरमा ब्याटिङ गरेका फहिमले ११ बलमा अविजित २९ रन जोड्दै पाकिस्तानका लागि नायक बने ।

नेदरल्यान्ड्सका बलर पल भान मिकेरेनले खेलपछि पोस्ट म्याच कन्फेरेन्समा बोल्ड स्टेमेन्ट दिए । उनले आज पाकिस्तानले खेल नजितेकोल र आफूहरुले आफैंसँग पराजित भएको बताए ।

-मुम्बईबाट अनलाइनखबर खेलकुद ब्यूरोको रिपोर्ट

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More