― Advertisement ―

धातुहरू ह्यान्डल गर्ने तरिकामा अप्रत्याशित परिवर्तन मार्फत संसारको सबैभन्दा कठिन सामग्रीहरू छाप्ने काम सम्भव भयो।

टंगस्टन कार्बाइड प्रिन्टिङ वा बिना रुम गर्न सकिन्छ। बललेजर र तातो तारले धातुलाई तहहरू बन्ड गर्न पर्याप्त मात्रामा नरम बनाउँछपूर्ण पग्लनबाट जोगिनाले पहिले नै...
HomeLatest newsखुम्बु ल्होसार कप फुटबल सुरु – KhabarHost

खुम्बु ल्होसार कप फुटबल सुरु – KhabarHost


राष्ट्रिय

समाचार.

  • महेन्द्र ज्योति पूर्व विद्यार्थी मञ्चले १५औं खुम्बु ल्होसार कप फुटबल प्रतियोगिता सुरु गरेको छ।
  • प्रतियोगितामा ८ टिम सहभागी छन् र शीर्ष तीन स्थानमा क्रमशः १ लाख ५० हजार, ८० हजार र ४० हजार नगद पुरस्कार दिइनेछ।
  • प्रतियोगिताको उद्घाटन गर्दै सोनाम ग्याल्जेन शेर्पाले आपसी सद्भाव र भाइचारा अभिवृद्धि गर्न टेवा पुग्ने धारणा व्यक्त गरे।

२५ माघ, काठमाडौं । महेन्द्र ज्योति पूर्व विद्यार्थी मञ्च, फराकको आयोजनामा १५औं खुम्बु ल्होसार कप फुटबल प्रतियोगिता शनिबारदेखि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरु भएको छ ।

प्रतियोगिताको राष्ट्रिय सभाका सदस्य सोनाम ग्याल्जेन शेर्पाले उद्घाटन गर्दै प्रतियोगिता प्रतिस्पर्धामा मात्र सीमित नभइ आपसी सद्भाव कायम गर्न र भाइचारा अभिबृद्धि गर्न टेवा पुग्ने धारणा व्यक्त गरे ।
आयोजक मञ्चका अध्यक्ष फुर गेल्जे शेर्पाले प्रतियोगिता आयोजना गर्न प्रत्यक्ष-अप्रत्यक्ष सहयोग गर्ने सम्पूर्णपति आभार व्यक्त गर्दै धन्यवाद दिए ।

आयोजक मञ्चका महासचिव पेम्बा छिरी प्रतियोगिताले शेर्पाहरु हिमाल आरोहणमा मात्र नभइ खेल क्षेत्रमा पनि अब्बल छन् भन्ने सन्देश दिन सफल भएको बताए ।

पहिलो दिन १ खेल मात्र भयो । समूह ‘ए’ को लिगमा आयोजक मञ्च र खुन्डे कम्युनिटी क्लबले १–१ गोलको बराबरी खेले । मञ्चका पासाङ ग्याल्जेन शेर्पा ‘प्लेयर अफ दि म्याच’ घोषित भए । पासाङले नै गोल गरेका थिए ।

लिग कम नकआउट प्रतियोगितामा आयोजकको १ सहित ८ टिम सहभागी छन् । नयाँ वर्ष ग्याल्बो ल्होसार में त लो २१५३ को पावन अवसरमा आयोजित प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १ लाख ५० हजार, ८० हजार र ४० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

प्रतियोगिताको मुख्य प्रायोजकमा १४ पिक्स एक्सपेडिसन प्रा.लि., सह–प्रायोजकमा हेली एभरेष्ट प्रा.लि. र खुम्बु पासाङ ल्हामु गाउँपालिका रहेका छन् ।

सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकाका विभिन्न गाउँमा जन्मिएर हाल काठमाडौंमा बसोवास गरिरहेका शेर्पा युवाहरुले जाडोयामको फुर्सदिलो समयलाई सदुपयोग गर्ने उद्देश्यले सन् २००९ मा ल्होसारका अवसरमा फुटबल प्रतियोगिता सुरु गरेका थिए ।

प्रतियोगिताको दोस्रो दिन आइतबार ३ खेल हुनेछ । खुम्जुङ युथ क्लब र खुम्बु याङबु शेर्पा समाज, ठमिछेवा फुटबल टिम र नाम्चे युथ क्लब तथा अमादब्लाम युथ क्लब र खुम्बु युनाइटेड क्लबबीच खेल हुनेछ । फाइनल फागुन ३ गते हुनेछ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More