― Advertisement ―

हामी आधिकारिक रूपमा अप्रिल 16 मा DJI Pocket 4 प्राप्त गर्दैछौं, तर यहाँ कसरी Insta360 ले यसलाई हराउन सक्छ।

O4 अप्रिल DJmockI मा अपेक्षा गर्नुहोस् 16भ्लगिङ क्यामेरा लामो समयदेखि चर्चामा छInsta360 ले Luna पनि चाँडै लन्च गर्दैछ DJI Osmo Pocket 4 अहिले लामो...
HomeLatest newsटी-२० विश्वकप आजदेखि सुरु हुँदै, पहिलो दिन तीन खेल – KhabarHost

टी-२० विश्वकप आजदेखि सुरु हुँदै, पहिलो दिन तीन खेल – KhabarHost


राष्ट्रिय

समाचार.

  • आईसीसी टी-२० विश्वकपको १०औं संस्करण भारत र श्रीलंकामा आजदेखि सुरु हुँदैछ।
  • पहिलो दिन समूह ‘ए’ अन्तर्गत पाकिस्तान र नेदरल्यान्ड्सको खेल कोलम्बोमा सवा ११ बजे सुरु हुनेछ।
  • भारत र अमेरिकाबीचको उद्घाटन खेल पनि आजै हुँदैछ ।

२४ माघ, मुम्बई । आजदेखि भारत र श्रीलंकामा संयुक्त रूपमा आईसीसी टी-२० विश्वकपको १०औं संस्करण सुरु हुँदैछ ।

पहिलो दिन भारत र श्रीलंकामा गरेर कुल ३ खेल हुनेछन् । समूह ‘ए’ अन्तर्गत पहिलो खेलमा पाकिस्तान र नेदरल्यान्ड्स खेल्नेछन् । खेल कोलम्बोमा विहान नेपाली समयअनुसार सवा ११ बजे सुरु हुनेछ ।

यस्तै दोस्रो खेलमा नेपाल रहेकै समूह ‘सी’ मा रहेका स्कटल्यान्ड र वेस्ट इन्डिज खेल्नेछन् । खेल सवा ३ बजेद्खि कोलकातामा सुरु हुनेछ ।

यस्तै आजको तेस्रो खेलमा भने सबैभन्दा बढी नजर रहनेछ । समूह ‘ए’ कै खेलमा आयोजक र भारत र अमेरिकाबीचको खेल साँझ सवा ७ बजेदेखि मुम्बईको वाङ्खडे स्टेडियममा सुरु हुनेछ ।

खेलअघि भव्य उद्घाटन समारोह पनि हुने तय छ । उद्घाटन समारोहमा भारतीय कलाकारहरु ऋषभ शर्मा, शिवमणि, बादशाह र नोरा फतेहीले प्रस्तुति दिनेछन् ।

यी चार जनाको प्रस्तुतिले रंगशालालाई सांगीतिक माहोलले गुञ्जयमान बनाइने आईसीसीले जनाएको छ ।

नेपालले भने आफ्नो पहिलो खेल आइतबार इंग्ल्यान्डसँग खेल्नेछ ।





Read More