२३ माघ, विराटनगर । सीमा सुरक्षा बैठकका क्रममा सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक (एसपी) राजेश घिमिरे अचेत भएर ढलेका छन् । मोरङको विराटचोकमा शुक्रबार दिउँसो नेपाल भारत डिआईजीस्तरीय सुरक्षा बैठक चलिरहेका बेला उनी अचानक ढलेका थिए ।
सशस्त्र प्रहरी बल मोरङका प्रमुखसमेत रहेका घिमिरेलाई उपचारका लागि बुढीगंगास्थित विराट मेडिकल कलेज पुर्याइएको थियो । उच्च रक्तचापका कारण ढलेका उनकाे जिब्रो काटिएकाे थियाे ।
घिमिरेको स्वास्थ्य अवस्था थप जटिल बनेपछि उनलाई भेन्टिलेटरमा राखिएकाे छ । उनको अवस्था ‘क्रिटिकल’ रहेको अस्पताल स्राेतले जनाएकाे छ ।
सशस्त्र प्रहरी बल नं. १ बराह वाहिनी पकली, सुनसरीका डिआइजी कुमार न्यौपानेले दिउँसाे बैठक चलिरहेका बेला घिमिरे ढलेपछि अस्पताल भर्ना गरिएकाे बताए । ‘बैठककै क्रममा उहाँ अचानक ढल्नुभएको हो,’ डिआइजी न्यौपानेले भने, ‘अवस्था अलि गम्भीर रहेको जानकारी छ ।’
एसपी घिमिरेको माेरङबाट मकवानपुरस्थित नम्बर ३ बाहिनी गाडीमाई मुख्यालयमा सरुवा भएको थियो । मोरङबाट उनी भोलि बिदा भएर जाने तयारीमा थिए ।
(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

