― Advertisement ―

ब्ल्याकबेरीको बिर्सिएको प्याटेन्टहरू फेरि गर्जन्छन् किनकि भाइले सम्पूर्ण विश्वव्यापी प्रिन्टर उद्योगलाई हल्लाउन सक्ने मुद्दाको सामना गर्नुपरेको छ।

आधुनिक कानूनमा ब्ल्याकप्याटस्युरिङ टारगेटिङ प्रविधिहरूभाइले लिगेसी मोबाइल आविष्कारहरूमा जानाजानी उल्लङ्घनको दावीहरू सामना गर्छन्प्याटेन्ट फर्महरूले क्षतिपूर्ति र उत्पादनको पुन: डिजाइनलाई व्यापक बनाउन दबाब दिन्छन्दुई प्याटेन्ट...
HomeLatest news१८ जनाको मृत्यु, अन्य धेरै फसेको आशंका – KhabarHost

१८ जनाको मृत्यु, अन्य धेरै फसेको आशंका – KhabarHost


Photo Credit : Image: Getty Images/AFP/Stringer



२३ माघ, काठमाडौँ । उत्तर-पूर्वी भारतको मेघालय राज्यस्थित ‘इस्ट जयन्तिया हिल्स’ मा बिहीबार एउटा अवैध कोइला खानीमा भएको विस्फोटमा कम्तीमा १८ जना श्रमिकको मृत्यु भएको छ।

मृत्यु हुनेमा खोटाङका दुई नेपाली दाजु-भाइ पनि छन् ।

प्रहरीका अनुसार खानीभित्र प्रयोग गरिएको ‘डायनामाइट’ का कारण विस्फोट भएको हो, जसले गर्दा विषाक्त ग्यास फैलिनुका साथै सुरुङहरू भत्किएका छन्।

अहिलेसम्म १८ वटा शव निकालिएको छ भने ८ जना घाइते भएका छन्। खानीभित्र अझै ३० देखि ४० जनासम्म कामदार फसेको हुनसक्ने स्थानीयको आशंका छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारलाई २ लाख भारु र घाइतेलाई ५० हजार भारु सहयोग दिने घोषणा गरेका छन्।

यस्तै मेघालय सरकारले मृतकका परिवारलाई थप ३ लाख भारु दिने बताएको छ।

मेघालयमा ‘रेट-होल’ खानी खन्न सन् २०१४ देखि नै प्रतिबन्ध लगाइएको भए पनि उच्च ज्यालाका कारण धेरै श्रमिकहरू ज्यान जोखिममा राखेर काम गरिरहेका छन्। यस्ता श्रमिकहरूमा नेपाली र आसामी नागरिक पनि पर्दछन् ।

 

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More