― Advertisement ―

एन्थ्रोपिक र पेन्टागनसँग एआई स्ट्यान्डअफमा ओर्वेलियनको रूपमा ट्रम्प सरेको न्यायाधीशले आलोचना गरेपछि संघीय कर्मचारीहरूले क्लाउड पहुँच पुन: प्राप्त गरे

फेडरलडेलमा कामदारहरूलाई अवरोध गरेपछि अदालतमा पुन: पहुँच गर्नुहोस् पदनामन्यायाधीशले एआई कम्पनी विरुद्ध सरकारको कदम असंवैधानिक प्रतिशोधको आह्वान गर्दछएन्थ्रोपिकले सैन्य प्रयोगलाई अस्वीकार गर्दछ, संघीय पहुँच...
HomeLatest newsबैतडी बस दुर्घटनामा एक बालक बेपत्ता, खोजी जारी – KhabarHost

बैतडी बस दुर्घटनामा एक बालक बेपत्ता, खोजी जारी – KhabarHost



२२ माघ, बैतडी । बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा परेर एक जना बालक बेपत्ता भएका छन् । पुर्चाैडी नगरपालिका –७ को भौनीबाट जन्ती लिएर फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडमा साँझ बस दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा परेर घटनास्थलमै ६ र उपचारका क्रममा २ गरी ८ जनको मृत्यु भएको थियो ।

अन्य ४५ जना घाइतेलाई विभिन्न अस्पतालमा उपचारका लागि पुर्‍याइएको छ । सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालयका डीएसपी दिपक कुमार रायका अनुसार, एक जना बालक पनि सोही गाडीमा रहेको आफन्तहरूले बताएका छन् ।

आफन्तले उक्त बालक हराएको खबर गरेपछि अहिले सोही घटनास्थलमा खोजी कार्य भइरहेको डीएसपी रायले अनलाइनखबरलाई बताए ।

‘आफन्तले हाम्रो एक बालक पनि छैन भनेपछि सोही घटनास्थलम खोज्दै छौं,’ उनले भने ।

दुर्घटनामा परेर मृत्यु हुनेहरूमा बझाङको बित्थडचिर गाउँपालिका–७ का ४० वर्षीय केशव राज जोशी, १३ वर्षीय अशोक राज जोशी, ३५ वर्षीय बसन्त जोशी, ४१ वर्षीय विष्णुदत्त जोशी, ४२ वर्षीय नरेश राज जोशी रहेका छन् । बझाङकै केदारस्यु गाउँपालिकाका ६० वर्षीय मोहन देव भट्ट, जयपृथ्वी नगरपालिका–७ का ४० वर्षीय बसन्त राज रतलाको पनि मृत्यु भएको छ ।

त्यस्तै, बैतडीको पुर्चौली नगरपालिका–७ का वर्षीया पुष्पा अवस्थीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर ४५ जना घाइते भएका छन् ।

घाइतेहरूको उद्धार गरेर डडेल्धुरा, अस्पताल पठाइएको छ । जन्ती बेहुली लिएर बझाङको सुनकुडातर्फ फर्किंदै गर्दा दुर्घटनामा परेको थियो ।

बस सडकबाट करिब २ सय मिटर तल खसेको थियो ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More