― Advertisement ―

यो $40 जीवनभर VPN सम्झौताको साथ प्रयोगकर्ता नाम भन्दा बाहिर आफ्नो WhatsApp सन्देशहरू सुरक्षित गर्नुहोस्

WhatsApp ले अन्ततः आफ्नो प्रयोगकर्तानामहरू रोल आउट गर्न थालेको छ — जो आफ्नो प्रयोगकर्ताहरूका लागि सुपरप्राइज गर्न चाहन्छन् फोन नम्बरहरू। तर नयाँ प्रकार्यले तपाईंको...
HomeLatest news२६औं बुढासुब्बा गोल्डकप फुटबल बिहीबारदेखि, सम्पूर्ण तयारी पूरा

२६औं बुढासुब्बा गोल्डकप फुटबल बिहीबारदेखि, सम्पूर्ण तयारी पूरा


राष्ट्रिय

समाचार.

  • अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण धरान रंगशालामा २१ माघदेखि सुरु हुँदैछ।
  • प्रतियोगितामा १० टोली सहभागी हुनेछन् जसमा भारतको जर्जियन क्लब र भुटानको रोयल थिम्पु एफसी पनि छन्।
  • विजेताले १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् भने सर्वोत्कृष्ट खेलाडीले डियो स्कुटर प्राप्त गर्नेछन्।

२१ माघ, सुनसरी । अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण धरान रंगशालामा बिहीबारदेखि सुरु हुँदैछ । प्रतियोगिता सम्पन्न गर्न सम्पूर्ण तयारी पूरा भएको आयोजक धरान फुटबल क्लबले जनाएको छ ।

आयोजक क्लबका अध्यक्ष प्रताप तामाङका अनुसार प्रतियोगिता भव्य रूपमा सम्पन्न गर्न आवश्यक सबै तयारी पूरा भइसकेको छ । मैदान, स्टेज, प्यारापिट तथा प्राविधिक टोली तयारी अवस्थामा रहेकाले खेल सुरु हुन मात्र बाँकी रहेको उनले बताए ।

विसं २०५५ देखि धरान फुटबल क्लबले सञ्चालन गर्दै आएको बुढासुब्बा गोल्डकप काठमाडौँ उपत्यका बाहिर आयोजना हुने पहिलो अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता हो ।

प्रतियोगिताको उद्घाटन खेल आयोजक धरान फुटबल क्लब र भारतको जर्जियन क्लबबीच हुने भएको छ । आयोजकले यसपटक धरानकै स्थानीय खेलाडीलाई मैदानमा उतार्ने तयारी गरेको छ । भारतको जर्जियन क्लब भने बुढासुब्बा गोल्डकपमा पहिलोपटक सहभागी हुँदैछ ।

अध्यक्ष तामाङले भने, ‘आज (बुधबार) भुटान र भारतका टिम आइपुगेका छन् । प्रतिनिधिसभा निर्वाचनको माहोलका कारण प्रशासनले कार्यक्रम आयोजनामा कडाइ गरे पनि पूर्वनिर्धारित कार्यक्रम भएकाले प्रतियोगिता सञ्चालनका लागि स्वीकृति प्राप्त गरेका छौं।’ उनका अनुसार जिल्ला प्रशासन कार्यालय सुनसरीबाट केही शर्तसहित अनुमति दिइएको छ ।

चुनावी माहोलका कारण अघिल्ला वर्षझैं तामझामसहित उद्घाटन नगर्ने निर्णय गरिएको उनले बताए । तर उद्घाटन खेलअघि दुवै टिमका खेलाडी मैदान प्रवेश गर्दा अटिज्मबारे सचेतना फैलाउन तथा अटिज्म भएका बालबालिकालाई माया र सम्मान गर्ने सन्देश दिन उनीहरूलाई साथमा लिएर मैदान प्रवेश गराइनेछ ।

प्रतियोगितामा साविक विजेता एनआरटी, उपविजेता चर्च ब्वाइज युनाइटेड, भारतको जर्जियन क्लब, सातदोबाटो युथ क्लब, नेपाल पुलिस क्लब, पोखराको लालीगुराँस एसोसिएसन, झापा–११, भुटानको रोयल थिम्पु एफसी र आयोजक धरान फुटबल क्लब गरी १० टोली सहभागी हुनेछन् । यसअघि प्रतियोगिता ८ टोलीबीच मात्र सञ्चालन हुँदै आएको थियो ।

प्रतियोगिताको विजेताले ट्रफी र मेडलसहित नगद १० लाख रुपैयाँ तथा उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले डियो स्कुटर पाउनेछन्, जसका लागि फाइनल खेल्ने दुई टोलीबाट उत्कृष्ट खेलाडी छनोट गरिनेछ ।

प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ लाई नगद १० हजार रुपैयाँ प्रदान गरिनेछ । उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ पुरस्कार दिइनेछ भने सर्वाधिक गोलकर्ताले ३५ हजार रुपैयाँ पाउनेछन् ।

धरान उपमहानगरपालिका संयोजक रहेको प्रतियोगिताको मुख्य प्रायोजक गोरखा ब्रुअरी प्रालि (गोर्खा बियर) तथा सह–प्रायोजक टेस्टी टेस्टी चाउचाउ रहेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा कुल १ करोड ७ लाख रुपैयाँ आम्दानी र ८७ लाख १५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More