― Advertisement ―

Amnezia VPN ले 20 प्रिमियम सर्भर स्थानहरू पुनर्स्थापना गर्दछ र साइबर आक्रमणहरू पछ्याउने प्रयोगकर्ताहरूलाई क्षतिपूर्ति दिन्छ

PN2r0 प्रि-अम्नेजियाको लागि पहुँच पुर्‍याउने स्थान प्रयोगकर्ताहरूप्रदायकले पनि सक्रिय रूपमा प्रिमियम सदस्यहरूलाई क्षतिपूर्ति जारी गर्दैछयो संदिग्ध राज्य-प्रायोजित DDoS आक्रमणहरूको बीचमा एक प्रमुख अपडेट पछ्याउँछसेन्सर...
HomeLatest newsविश्व चर्चित फुटबल क्लबले फेसबुकमा नेपाली गीत राखेपछि शुभेच्छुकमा हल्लीखल्ली

विश्व चर्चित फुटबल क्लबले फेसबुकमा नेपाली गीत राखेपछि शुभेच्छुकमा हल्लीखल्ली


राष्ट्रिय

समाचार.

  • इटालियन फुटबल क्लब इन्टर मिलानले आफ्नो आधिकारिक फेसबुक पेजमा नेपाली गीत बजाएर नेपाली भाषामा क्याप्सन लेखेको छ।

युरोपको विख्यात फुटबल क्लब इन्टर मिलानको अफिसियल फेसबुक पेज स्क्रोल गर्नुभएको छ ? त्यहाँ तपाईंको मन पगाल्ने एउटा सामाग्री छ । यो विश्व चर्चित फुटबल क्लबले नेपाली भाषामा क्याप्सन लेख्दै, पृष्टभूमिमा नेपाली गीत बजाएको छ । रमाइलो संयोग त के भने, उक्त गीत नेपालका प्रहरी प्रमुख दानबहादुर कार्कीले रचना गरेका हुन् ।

यो गीत हो, आँखा झिमझिम भो… । गज्जब टिभी युट्युब च्यालनबाट ७ महिनाअघि सार्वजनिक भएको गीत सदीक्षा कट्टेल र समीर खरेलले गाएका हुन् । यसमा बसन्त सापकोटाको संगीत छ । गीतको म्युजिक भिडियो पनि बनेको छ, जसमा कविता नेपाली र सुनिल क्षेत्री फिचर्ड छन् ।

यही गीतको एउटा पंक्ति पृष्टभूमिमा बजाएर इन्टर मिलानको आधिकारिक फेसबुक पेजमा लेखिएको छ, ‘सबैभन्दा महान : रोनाल्डो द फेनोमेनन ।’ नेपालबाट थप सामग्रीका लागि हामीलाई पछ्याउनुहोस् । त्यसमा थुप्रै नेपाली शुभेच्छुकले प्रतिक्रिया दिएका छन् । उनीहरूमध्ये कतिपयले इन्टर मिलानप्रति आभार व्यक्त गर्दे भनेका छन्, ‘नेपाली गीत सुनाइदिनुभयो, धन्यवाद ।’

नेपाली भाषामा क्याप्सन लेखेर, नेपाली गीत नै बजाएपछि कतिले भने ठट्यौली गरेका छन् । एक फेसबुक प्रयोगकर्ताले लेखेका छन्, ‘इन्टरको एडमिन नेपाली नै छन् कि क्या हो ।’ धेरैजनाले भने यसमा सुखद् आश्चर्य व्यक्त गरेका छन् । कसैले लेखेका छन्, ‘फेक होला भनेको त आइडी हेर्दा रियल रहेछ । अचम्म लाग्यो ।’

अर्का प्रयोगकर्ता लेख्छन्, ‘पेज ह्याक भयो कि क्या हो ?’ ‘हन, ह्वाट ह्याप्पेन्ड टु इन्टर टुडे ?’

भनिहालौं,
इन्टर मिलान, चर्चित इटालियन फुटबल क्लब एक हो । सन् १९०८ मा स्थापना भएको यो क्लब मिलान सहरमै जन्मिएको भए पनि यसको पहिचान केवल इटालीमै सीमित छैन, विश्वभर फैलिएको छ । सिरी ए मा गतसिजन उपविजेता भएको इन्टर मिलान यस वर्ष २३ खेल खेलिसक्दा तालिकाको शीर्ष स्थानमा छ । च्याम्पियन्स लिगमा १० स्थानमा रहँदै नकआउट चरणमा पुग्नका लागि प्लेअफ खेल्ने सूचीमा अटाएको छ ।

इन्टर मिलानको खास विशेषता भनेको– यसले आजसम्म इटालियन शीर्ष लिग सेरी ‘ए’ बाट कहिल्यै रेलिगेसन भोग्नुपरेको छैन । इन्टर मिलानले सिरी ‘ए’ मा १८ उपाधि जितेको छ ।





Read More