― Advertisement ―

म RAM-hogging गुगल क्रोमले मेरो ल्यापटपलाई क्रल गर्न ढिलो गर्नबाट बिरामी छु, त्यसैले Asus Vivobook 16 को Best Buy मा रेकर्ड-कम मूल्य गम्भीर रूपमा...

म सँधै थप उत्पादनशील हुने उपायहरू खोज्दै आएको छु, विशेष गरी जब मसँग एकै पटक धेरै एप र वेबसाइटहरू खुला हुन्छन्।मैले सोचिरहेको एउटा समाधान...
HomeLatest newsकाठमाडौंबाट उड्नासाथ टर्किसको दायाँ इन्जिनमा आगलागी, बायाँका भरमा कोलकाता ‘डाइभर्ट’

काठमाडौंबाट उड्नासाथ टर्किसको दायाँ इन्जिनमा आगलागी, बायाँका भरमा कोलकाता ‘डाइभर्ट’


राष्ट्रिय

समाचार.

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको टर्किस एयरलाइन्सको जहाजको दायाँ इन्जिनमा आगलागी भएको छ।
  • उडेको ४ मिनेटमै इन्जिनमा आगो लागेपछि चालकदलले दायाँ इन्जिन बन्द गरी जहाजलाई कोलकातामा डाइभर्ट गरेको छ।
  • टर्किस जहाजमा २ सय २५ यात्रु थिए र विमानस्थल १५ मिनेटका लागि बन्द गरिएको थियो।

२१ माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्कीको इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाजको दायाँ इन्जिनमा आगलागी भएको छ ।

टर्किसको उडान नम्बर ‘टीएचवाई ७२७’ को जहाज त्रिभुवन विमानस्थलबाट बुधबार दिउँसो १:२८ बजे उडेको लगत्तै ४ मिनेटमा दायाँ इन्जिनमा आगलागी भएको विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिए ।

‘टर्किसको जहाजका क्याप्टेनले उडेको ४ मिनेटमै दायाँ इन्जिनमा आगलागी भएको खबर गरे,’ विमानस्थल महाप्रबन्धक सिटौलाले अनलाइनखबरसँग भने, ‘त्यसपछि टर्किस चालकदलले जहाजलाई पश्चिम दिशामा लगेर दायाँ इन्जिन बन्द गरेर १० देखि १२ मिनेट होल्ड गर्‍यो ।’

उनका अनुसार टर्किसको ‘ए३३०-३०३’ सिरिजको उक्त वाइड बडी जहाजले २ सय २५ यात्रु बोकेको थियो ।

टर्किस जहाजको दायाँ इन्जिनमा आगलागी भएको खबर आउनासाथ त्रिभुवन विमानस्थल १५ मिनेटका लागि पूर्णरूपमा बन्द गरिएको थियो ।

 

‘त्यसपछि हामीले दमकल, एम्बुलेन्स लगायत आवश्यक सम्पूर्ण सुरक्षा व्यवस्था तयार गरेर विमानस्थल बन्द गर्‍यौं,’ महाप्रबन्धक सिटौलाले भने, ‘तर, टर्किस चालकदलले भारतको कोलकाता डाइभर्ट गर्छौं भनेपछि हामीले अनुमति दियौं ।’

सिटौलाका अनुसार आगलागी हुनासाथ दायाँ इन्जिन बन्द गरेपछि आगो नियन्त्रणमा आएको थियो । त्यसपछि बायाँ इन्जिनमात्र चलाएर टर्किसको जहाज कोलकाता डाइभर्ट भएको थियो ।

‘अहिले टर्किसको त्यो जहाज कोलकतामा सुरक्षित अवतरण भइसकेको छ,’ विमानस्थल महाप्रबन्धक सिटौलाले भने, ‘हाम्रो विमानस्थल पनि सामान्य अवस्थामा सञ्चालनमा आइसक्यो ।’





Read More