― Advertisement ―

MSI को Stealth A16 ले Ryzen AI 9 HX 370 प्रोसेसर 64GB को DDR5 सँग जोडेको छ र हाल $300 छुट छ

यदि तपाईं गति वा प्रदर्शन गुणस्तरमा सम्झौता नगरी रचनात्मक काम र भारी उत्पादन कार्यहरूको लागि पावरहाउस ल्यापटप खोज्दै हुनुहुन्छ भने, मैले जाँच गर्न लायकको...
HomeLatest newsगुल्मी ४७ वर्षीय पुरुष मृत फेला – KhabarHost

गुल्मी ४७ वर्षीय पुरुष मृत फेला – KhabarHost



२१ माघ, गुल्मी । गुल्मी जिल्लाको इस्मा गाउँपालिका–२ राजचौर निवासी ४७ वर्षीय निमबहादुर कुमाल मृत अवस्थामा फेला परेका छन् ।

मंगलबार बिहान करिब १० बजे घरबाट तम्घास जान्छु भन्दै हिंडेका थिए ।

उनी सम्पर्कमा नआएपछि आफन्तले खोजतलास गर्दै जाने क्रममा बुधबार  बिहान करिब ११ बजे इस्मा–२ स्थित छल्दीपनाह खोलाको कुलोमा मृत फेला परेको प्रहरीले जनाएको छ ।

घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी चौकी हस्तिचौर गुल्मीबाट प्रहरी सहायक निरीक्षक विनय कुमार श्रीवास्तवको कमाण्डमा टोली खटिएको थियोे ।

थप अनुसन्धानको लागि  जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक पर्वत कुमार केसीको कमाण्डमा  टोली घटनास्थलमा खटिएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।





Read More