― Advertisement ―

अमेरिकी सेनाले निजी ड्रोन निर्माताहरूलाई पहिले सरकारी सम्झौताको आवश्यकता बिना सैन्य दायरामा हतियार परीक्षण गर्न अनुमति दिँदैछ

निजी अमेरिकी ड्रोन कम्पनीहरूले सेनालाई पहुँच गर्न अनुरोध गर्न सक्नेछन्। दायराहरूरेन्ज पहुँच अनुरोध गर्नु अघि कम्पनीहरूलाई अब विद्यमान सरकारी साझेदारीको आवश्यकता पर्दैनअमेरिका र मोरक्को...
HomeLatest news२४ परिवार विस्थापित – KhabarHost

२४ परिवार विस्थापित – KhabarHost



२१ माघ, काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-३ चुनीखेल नयाँबस्तीमा आगलागी भएको छ । आगो लागेको स्थानबाट ७ जनालाई उद्धार गरिएको छ ।

मंगलबार राति करिब पौने ११ बजेतिरबाट आगो सुरु भएको थियो । सवा १ बजेतिर काठमाठौं महानगर, बुढानीलकण्ठ नगरपालिका र टोखा नगरपालिकाका दमकलको सहयोगमा आगो निभाइएको थियो ।

वडा अध्यक्ष टिकानारायण श्रेष्ठले दिएको जानकारी अनुसार आगो लागेर २४ कोठा बराबरका लामो टहरा पूरै नष्ट भएको छ । ‘त्यहाँ विभिन्न जिल्लाका बासिन्दाहरु कोठा भाडामा लिएर बस्नु भएको थियो, उहाँहरुको २४ परिवार थियो, सबै विस्थापित हुनुभएको छ’, वडाध्यक्ष श्रेष्ठले भने ।

विस्थापित भएकाहरुलाई नजिकका अरु टहराहरुमा राखिएको छ । उनीहरुलाई आज खाद्यान्न, लत्ताकपडा लगायतका राहत उपलब्ध गराइने तयारी भइरहेको छ ।

विद्युत सट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागीको क्षतिको विवरण भने आइसकेको छैन । आज प्रहरीसहित मुचुल्का उठाइने र क्षतिको विवरण एकिन गर्ने वडाध्यक्ष श्रेष्ठको भनाइ छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More