― Advertisement ―

पेन्टागनले एआई सुरक्षामा एन्थ्रोपिक सम्बन्ध तोड्न सक्छ – क्लाउड निर्माताले ‘पूर्ण स्वायत्त हतियार र सामूहिक घरेलु निगरानीको वरिपरि कडा सीमा’ मा चिन्ता व्यक्त गर्दछ।

पेन्टागन र एन्थ्रोपिकको ओभरेज प्रयोगमा छ क्लाउडएआई मोडेल निकोलस माडुरोलाई कब्जा गर्न कथित रूपमा प्रयोग गरिएको थियो। id="4d23ce34-d1f2-478b-b39c-afefc5c26b18"/>पेन्टागन र धेरै एआई कम्पनीहरू बीचको दरार...
HomeLatest newsम्याग्दीबाट बागलुङ ल्याइयो १५४ निर्वाचन प्रहरी, ५८ अझै अपुग

म्याग्दीबाट बागलुङ ल्याइयो १५४ निर्वाचन प्रहरी, ५८ अझै अपुग



२० माघ, बागलुङ । तीन पटक म्याद थप्दा समेत निर्वाचन प्रहरी अपुग भएपछि जिल्ला प्रहरी कार्यालय बागलुङले छिमेकी जिल्लाबाट जनशक्ति थपेर तालिम सुरु गरेको छ ।

बागलुङ जिल्लामा आवश्यक एक हजार २९८ निर्वाचन प्रहरीका लागि अपुग जनशक्ति म्याग्दी जिल्लाबाट ल्याइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक तिलक भारतीले जानकारी दिए ।

उनले अपुग जनशक्तिमध्ये १५४ जनशक्ति म्याग्दीबाट मगाएर एक हजार २४० जना निर्वाचन प्रहरीको चार स्थानमा तालिम दिन थालिएको भारतीले बताए ।

तीन पटक म्याद थप्दा समेत आवश्यक निर्वाचन प्रहरी अपुग भएपछि म्याग्दीमा आवेदन बढी आएका जनशक्तिलाई बागलुङ ल्याइएको हो ।

बागलुङमा मागेको आवेदन भन्दा कम जम्मा एक हजार ८६ जनामात्रै निर्वाचन प्रहरीका लागि निवेदन परेको थियो ।

अझै ५८ जना जनशक्ति अन्य जिल्लाबाट ल्याउने तयारी गरिएको भारतीले जानकारी दिए । फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा खटिने निर्वाचन प्रहरीका लागि बागलुङका चार ठाउँमा तालिम सुरु गरिएको छ ।

बागलुङमा १ हजार २९८ जना निर्वाचन प्रहरीको लागि १० दिने तालिम सुरु भएको हो । निर्वाचन प्रहरी भर्नाको लागि तीन पटकसम्म सूचना प्रकाशित गर्दा समेत माग संख्या भन्दा २१२ जना कमले आवेदन पेश गरेका थिए ।

भर्ना प्रक्रियाबाट छनोट भएका निर्वाचन प्रहरीमध्ये इलाका प्रहरी कार्यालय बरेङडाँडामा ५९ जना, बुर्तिवाङमा ३१०, गलकोटमा १८१ र अन्य बाँकी ७४८ जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङबाट तालिम दिन थालिएको हो ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More