राष्ट्रिय
समाचार.
- नेपाल आर्मीका सौर्य महर्जनले चौथो यलम्बर कप राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको यु-१७ ब्वाइज सिंगल्समा च्याम्पियन बनेका छन् ।
- प्रतियोगितामा ३ सय १४ खेलाडीले पाँच स्पर्धामा सहभागिता जनाएका थिए ।
- विभिन्न स्पर्धाका विजेतालाई ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत लगायतले पुरस्कार वितरण गरेका छन् ।
१७ माघ, काठमाडौं । नेपाल आर्मीका सौर्य महर्जन चौथो यलम्बर कप राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको यु-१७ ब्वाइज सिंगल्समा शनिबार च्याम्पियन बनेका छन् ।
नखिपोटस्थित आयोजक नखिपोट युथ क्लबको कभर्डहलमा भएको फाइनलमा सौर्यले आर्मीकै प्रतिक विष्टलाई ११–२१, २१–१७, २१–११ को सोझो सेटमा पराजित गरे ।
नखिपोट युथ क्लब ब्याडमिन्टन सर्कलको सह–आयोजनामा भएको प्रतियोगिताको महिला डबल्समा कास्कीका दिलाशा राना र तिलमाया रानाको जोडी पहिलो भए । उक्त जोडीले फाइनलमा एपीएफकी नविना राई र आयोजक नखिपोट युथ क्लबकी निसाम हाङमा सुब्बाको जोडीलाई २१–१९ र २३–२१ को सोझो सेटमा हराए ।
पुरुष डबल्सको क्याटगोरी ‘ए’ मा आर्मीका विधान अधिकारी र प्रवीण लिङथेपको जोडीले फाइनलमा सूर्यदर्शनका दीपक राणा र लक्ष्मण मल्ल ठकुरीको जोडीलाई २१–१६ र २१–१४ ले हराउँदै पहिलो भए ।
पुरुष डबल्सको क्याटगोरी ‘बी’ मा उत्सव सप्लायर्स, चितवनका विधान गुरुङ र एनवाईसीका जोन जस्राजको जोडीले स्वर्ण जिते । सो जोडीले फाइनलमा इटहरीका संगम गिरी र सन्देश रायमाझीको जोडीलाई २१–१९ र २१–१६ को सोझो सेटमा पन्छाए ।
भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा पीएफसीका सञ्जय कपाली र अनिल थाम्सुहाङको जोडीले कास्कीका प्रेमकुमार गुरुङ र शम्भु श्रेष्ठको जोडीलाई २१–९, १३–२१ र २१–१२ को सेटमा पराजित गर्दै स्वर्ण जिते ।
विजेतालाई ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत, नखिपोट ब्याडमिन्टन सर्कलका अध्यक्ष जयराम राई, आयोजक नखिपोट युथ क्लबका अध्यक्ष इन्द्रजित आङबुहाङ लिम्बू, प्रतियोगिता संयोजक बसन्त राईलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
सबै स्पर्धाका पदक विजेताले नगद पुरस्कार पाए । कुल ५ लाख ५५ हजार नगद पुरस्कार वितरण गरियो ।
चारदिने प्रतियोगितामा ४ डबल्स र १ सिंगल्स गरी ५ स्पर्धामा ३ सय १४ खेलाडीले सहभागिता जनाएको आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले जनाएका छन् ।
(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

