― Advertisement ―

‘औद्योगिक-स्केल स्क्याम अपरेसनहरू’: विश्वव्यापी आपराधिक संगठनले मासिक 35+ सरकारी एजेन्सीहरूलाई लक्षित गर्ने विशाल मालवेयर-ए-ए-सर्भिस हाइड्राको पछाडि एशियामा दास कम्पाउन्डहरू सञ्चालन गर्दछ।

Luabloxo मा जानकारी प्राप्त गर्नुहोस् प्लेटफर्मनक्कली डोमेनहरूले KYC डाटा काट्छन्, एसएमएस रोक्छन्, बैंक खाताहरू निकाल्छन्कम्बोडियन घोटाला कम्पाउन्डमा कैद गरिएका कामदारहरू कुलीन वर्गसँग बाँधिएका छन्मालवेयर...
HomeLatest news‘जेरी अन टप’को अकुपेन्सी कस्तो छ ? – KhabarHost

‘जेरी अन टप’को अकुपेन्सी कस्तो छ ? – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • फिल्म ‘जेरी अन टप’ शुक्रबारदेखि देशब्यापी प्रदर्शनमा आएको छ र प्रारम्भिक ओपनिङ सुखद देखिएको छ।
  • कलाकार अनमोल केसीले दर्शकको खुसी नै ठूलो प्रेरणा भएको प्रतिक्रिया दिएका छन्।
  • फिल्मले कम्तीमा २०० शोज पाएको र पहिलो दिन धेरै हल हाउसफुल भएको बताइएको छ।

काठमाडौं । ड्रामा, रोमान्स र एड्भेन्चर मिश्रित फिल्म ‘जेरी अन टप’ शुक्रबारदेखि देशब्यापी प्रदर्शनमा आएको छ ।

फिल्मले सुखद ओपनिङ गर्ने संकेत देखिएको छ । यद्यपि, यसको बक्सअफिस डेटा सार्वजनिक भएपछि यसबारे पुष्टि हुनेछ ।

प्रारम्भिक ओपनिङलाई लिएर अनमोल केसीसहितका कलाकार खुसी देखिएका छन् । शुक्रबार बिहान उनीहरू कमलपोखरीस्थित एक हलमा पुगे जहाँ उनीहरूले दर्शक भेटघाट गरे ।

मिडियासँग पनि कुराकानी गरे । अनमोलले दर्शकको खुसी नै ठूलो प्रेरणा रहेको प्रतिक्रिया दिए ।

उनले भने, ‘हल बुकिङ भएको देख्दा दर्शकले हाम्रो फिल्मको प्रतीक्षा कति व्यग्रतासँग गर्नुभएको रहेछ भन्ने महसुस भयो । बिहानको सुरुवात राम्रो भएको छ र दर्शकको खुसी नै हाम्रो ठूलो प्रेरणा हो ।’

अनमोलसँगै उनका को-स्टारहरू जसिता गुरुङ र आँचल शर्मा पनि त्यहाँ पुगेका थिए ।

जसिताले भनिन्, ‘दर्शकले नेपाली फिल्ममा सगरमाथालाई लिएर राम्रो फिल्म बनाइदिनुभएको छ भन्ने सुन्दा मलाई धेरै खुसी लाग्यो ।’

दर्शकको यस्तै उत्साहपूर्ण प्रतिक्रियाले आफूलाई झन् खुसी बनाएको उनि जसिताको कथन छ ।

आँचलले भनिन्, ‘दर्शकको उत्साहले हामीलाई झनै उत्साहित बनाएको छ । लामो समयपछि दर्शकलाई प्रत्यक्ष भेट्दा निकै खुसी लागेको छ ।’

उनीहरूका अनुसार, हिजोदेखि नै एड्भान्स टिकट बिक्री सन्तोषजनक देखिएको छ र पहिलो दिनमै धेरै हल ‘हाउसफुल’ छन् ।

त्रिकोणात्मक प्रेमकथामा आधारित ‘जेरी अन टप’ पर्वतीय यात्राको क्रममा विकसित हुने सम्बन्ध, प्रेमको कथामा केन्द्रित छ ।

फिल्ममा अनमोल, आँचल र जसितासँगै केदार घिमिरे ‘माग्ने बुढा’, भुवन केसी, उषा खड्गी लगायतका कलाकारको अभिनय छ ।

सुयोग गुरुङ निर्देशित फिल्मले शुक्रबार कम्तीमा २०० शोज प्राप्त गरेको देखिएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More