― Advertisement ―

एप्पलले अन्ततः म्याक मिनी प्रयोगकर्ताहरूलाई आज जटिल ह्याक वा समाधान बिना बाह्य GPU हरू प्रयोग गरेर पूर्ण एआई पावर खोल्न दिन्छ।

TinyGal मा प्रत्यक्ष रूपमा चलाउन मिल्ने GPUs मोडेल Macsप्रयोगकर्ताहरूले अब सुरक्षाहरू बाइपास नगरी AMD र Nvidia कार्डहरू प्रयोग गर्न सक्छन्TinyGPU ले MacOS 12.1 र...
HomeLatest newsराष्ट्रिय कबड्डीको उपाधि एपीएफ र आर्मीलाई – KhabarHost

राष्ट्रिय कबड्डीको उपाधि एपीएफ र आर्मीलाई – KhabarHost


राष्ट्रिय

समाचार.

  • सशस्त्र प्रहरी बलको एपीएफ क्लबले २१ औं महिला राष्ट्रिय कबड्डी प्रतियोगिताको उपाधि जितेको छ।
  • त्रिभुवन आर्मी क्लबले २५औं पुरुष राष्ट्रिय कबड्डी प्रतियोगिताको उपाधि हात पारेको छ।
  • महिलातर्फ एपीएफकी रविना चौधरी र पुरुषतर्फ आर्मीका गणेश पार्की उत्कृष्ट खेलाडी घोषित भएका छन्।

१६ माघ, काठमाडौं । विभागीय दुई टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबले शुक्रबार २१ औं महिला तथा २५औं पुरुष राष्ट्रिय कबड्डी प्रतियोगिताको उपाधि हात पारेका छन् । महिलातर्फ एपीएफ र पुरुषतर्फ आर्मी पहिलो भएका हुन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा सम्पन्न महिलातर्फको फाइनलमा एपीएफले आर्मीलाई २४–२० को अंकमा हरायो ।

पुरुषको फाइनलमा आर्मीले एपीएफलाई पेनाल्टीमा ६–५ अंकले पराजित गर्दै उपाधि जितेको हो । निर्धारित समयको खेल ३८–३८ अंकमा सकिएको थियो ।

महिलातर्फ एपीएफकी रविना चौधरी उत्कृष्ट खेलाडी घोषित भइन् । पुरुषतर्फ भने आर्मीका गणेश पार्की उत्कृष्ट खेलाडी घोषित भए ।

विजेतालाई गृहमन्त्री ओमप्रकाश अर्याल र राखेपका सदस्यसचिव राम चरित्र मेहता, आयोजक अखिल नेपाल कबड्डी संघकी अध्यक्ष तुलसी थापालगायतले पुरस्कार प्रदान गरे ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More