― Advertisement ―

टेस्कोले VMware बन्द हजारौं सर्भरहरू डम्प गर्दछ, ब्रोडकमबाट ‘अपमानजनक आचरण’ लाई दोष दिन्छ

Tesco,0rs04 बाट टाढा सार्नुहोस् VMwareBroadcom ले UK खुद्रा विक्रेताबाट कानुनी कारबाहीको सामना गर्छ, जसले "अपमानजनक आचरण" आरोप लगाएको छHPE भर्खरै प्रभावित ग्राहकहरूका लागि निःशुल्क...
HomeLatest newsजेभरेभलाई हराउँदै अल्काराज अस्ट्रेलियन ओपनको फाइनलमा

जेभरेभलाई हराउँदै अल्काराज अस्ट्रेलियन ओपनको फाइनलमा


राष्ट्रिय

समाचार.

  • विश्व नम्बर एक खेलाडी कार्लोस अल्काराजले अस्ट्रेलियन ओपन टेनिसको सेमिफाइनलमा नम्बर तीन एलेक्जेन्डर जेभरेभलाई ३-२ को सेटमा हराउँदै फाइनलमा प्रवेश गरेका छन्।
  • अल्काराजले पहिलो र दोस्रो सेट जिते पनि तेस्रो र चौथो सेट हराएपछि पाँचौं सेटमा ५-३ पछि परेको अवस्थाबाट ७-५ ले जित हासिल गरे।
  • अल्काराजले फाइनलमा जोभाक जोकोभिच र यानिक सिनरबीचको विजेतासँग प्रतिस्पर्धा गर्ने छन्।

१६ माघ, काठमाडौं । विश्व नम्बर एक खेलाडी कार्लोस अल्काराज अस्ट्रेलियन ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् ।

शुक्रबार मेलबर्नमा भएको पहिलो सेमिफाइनलमा नम्बर तीन खेलाडी एलेक्जेन्डर जेभरेभलाई ३-२ को सेटमा हराउँदै अल्काराज फाइनलमा पुगेका हुन् ।

पहिलो सेट अल्काराजले ६-४ ले जितेका थिए । दोस्रो सेट टाइब्रेकरमा ७-६(७-५) ले जितेका अल्काराजले त्यसपछिका दुई सेट भने सुम्पिए ।

तेस्रो सेटमा जेभरेभले ७-६ (७-३) ले जित निकाले भने चौथो सेटमा ७-६ (७-४) को जित निकाल्दै खेल पाँचौं सेटमा पुर्‍याएका थिए ।

पाँचौं सेट पनि प्रतिस्पर्धात्मक बन्यो । ५-३ ले पछि परेको अवस्थाबाट पुनरागमन गर्दै अल्काराजले ७-५ ले खेल जिते ।

अल्काराजले अब फाइनलमा जोभाक जोकोभिच र यानिक सिनरबीचको विजेतासँग खेल्ने छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More