― Advertisement ―

वैज्ञानिकहरूले एउटा ‘चुम्बकीय इलास्टिक’ तम्बू विकास गर्दैछन् जसले पवन टर्बाइन जस्तै आफ्नै बिजुली बनाउँछ – तर अर्को वर्ष ग्लास्टनबरीमा लैजान सक्षम हुने आशा नगर्नुहोस्।

आफ्नै बिजुली उत्पादन गर्न सक्ने विकासकर्ताहरूले यो म्याग्नेटोइलास्टिक पदार्थबाट बनेको हो यो अझै प्रारम्भिक चरणमा छ, तर वैज्ञानिकहरूले यसलाई अफ-ग्रिड शिविर र प्रकोप क्षेत्रमा...
HomeLatest newsजंगी अड्डा अगाडि बम राखेको हल्ला फैलाउने व्यक्ति प्रतिनिधि सभा चुनावका उम्मेदवार

जंगी अड्डा अगाडि बम राखेको हल्ला फैलाउने व्यक्ति प्रतिनिधि सभा चुनावका उम्मेदवार



१६ माघ, काठमाडौं । सैनिक मुख्यालय जंगी अड्डा अगाडि बम राखेको हल्ला फैलाएको आरोपमा पक्राउ परेका व्यक्ति प्रतिनिधि सभा निर्वाचनका उम्मेदवार रहेको खुलेको छ ।

बम राखेको हल्ला फैलाएको सल्यानको साविक खलंगा गाविस–५ घर भइ काठमाडौं महानगरपालिका–१६ बस्ने ३० वर्षीय जुद्धबहादुर सिंह पक्राउ परेका थिए । नेपाली सेनाले पक्राउ गरेर उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको जिम्मा लगाएको थियो ।

उनले जंगी अड्डा अगाडिको पेट्रोल पम्प अगाडि झोलामा बम राखेको भन्दै हल्ला फैलाएका थिए । झोला खोलेर हेर्दा इँटा फेला परेको थियो ।

अनुसन्धानको क्रममा उनीे आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिएका व्यक्ति रहेको खुलेको काठमाडौं प्रहरी परिसरका एसएसपी रमेश थापाले बताए ।

सल्यानबाट उनले स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनले क्यालकुलेटर चुनाव चिह्न पाएका छन् ।

उनी अघिल्लो निर्वाचनमा पनि उम्मेदवार बनेका थिए ।





Read More