― Advertisement ―

Anker THUS चिपले पहिरन योग्य उपकरणहरूमा ठूला AI मोडेलहरू राख्न कम्प्युटिङ नियमहरू तोड्छ

Ankerनयाँ प्रयोग गर्दछ मेमोरीमा कम्प्युटरयसले तल्लो शक्ति भएका यन्त्रहरूमा ठूला AI मोडेलहरू सक्षम पार्न सक्छAnker सिलिकन व्यवसायमा प्रवेश गर्दैछ, विशेष गरी एउटा CIM (कम्प्युट...
HomeLatest newsकोरला बन्यो नेपाल-चीन व्यापार विकल्प नाका, ३ महिनामै ५ अर्ब बढी आयात-निर्यात

कोरला बन्यो नेपाल-चीन व्यापार विकल्प नाका, ३ महिनामै ५ अर्ब बढी आयात-निर्यात


News Summary

Generated by OK AI. Editorially reviewed.

  • रसुवा र तातोपानी नाकामा पहिरोले अवरोध भएपछि नेपाल र चीनले मुस्ताङस्थित कोरला नाका वैकल्पिक रूपमा सञ्चालनमा ल्याएका छन्।
  • कोरला नाकाबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा ५ अर्ब २७ करोड रुपैयाँ बराबर वस्तु आयात र ९१ लाख ३२ हजार रुपैयाँ बराबर निर्यात भएको छ।
  • रसुवागढी नाकाबाट तीन महिनामा ३८ करोड ८१ लाख रुपैयाँ बराबर आयात भएको छ भने तातोपानी नाकाबाट ९ अर्ब ४४ करोड रुपैयाँ बराबर आयात भएको छ।

१० कात्तिक, काठमाडौं । नेपाल र चीनबीच लामो समयदेखि सञ्चालनमा रहेका दुई व्यापारिक नाका रसुवागढी र तातोपानीमा पहिरोले अवरोध गर्दा मुस्ताङस्थित कोरला नाका विकल्पका रूपमा तयार भएको छ ।

भन्सार विभागका अनुसारका चालु आर्थिक वर्ष २०८२/८३ पहिलो त्रैमासमा यो नाका हुँदै ५ अर्ब रुपैयाँभन्दा बढीको आयात–निर्यात भएको छ ।

मुस्ताङ नाकाबाट ५ अर्ब २७ करोडको वस्तु आयात भएको छ भने ९१ लाख ३२ हजार रुपैयाँ बराबर वस्तु चीन निर्यात भएको छ । यस नाका हुँदै पछिल्ला दिनमा विद्युतीय सवारीसाधन (ईभी), लत्ताकपडा तथा फलफूल आयात उल्लेख्य भएको थियो ।

२४ असारका दिन रसुवा जिल्लास्थित लेहेन्दे खोलामा आएको बाढीका कारण रसुवा भन्सार कार्यालय पूर्णरूपमा बन्द भएको थियो । तातोपानी नाकामा समेत कोदारी राजमार्गमा आएको पहिरोले लामो समय यातायात बन्द भयो । त्यसपछि नेपाल र चीनले वैकल्पिक नाकाका रूपमा कोरला नाका सञ्चालनमा ल्याएका हुन् । यो नाका ३० भदौदेखि पूर्णरूपमा सञ्चालनमा आएको हो ।

पूर्णरूपमा सञ्चालनमा आएको यो नाकाले एक महिना अवधिमै ५ अर्ब रुपैयाँभन्दा धेरैको व्यापार गर्न सफल भएको छ । यो नाकामा आशिकुडा प्रणाली सञ्चालनमा आइसकेको छ ।

त्यस्तै नेपाल राष्ट्र बैंकले समेत मुस्ताङ भन्सार कार्यालयलाई समेत चिनियाँ भूभाग हुँदै प्रतीतपत्र मार्फत सामान आयात गर्न एकीकृत परिपत्र २०८१ मा समावेश गरी सहजीकरण गरेको थियो ।

तथ्यांक अनुसार पछिल्लो तीन महिनामा रसुवागढी नाकाबाट ३८ करोड ८१ लाख रुपैयाँ बराबर वस्तु आयात भएको छ । निर्यात भने शून्य देखिन्छ ।

निर्यात शून्य रहेको तातोपानी नाकाबाट भने ९ अर्ब ४४ करोड रुपैयाँ बराबर वस्तु आयात भएको छ । चीनसँगको कुल व्यापार भने आयाततर्फ १ खर्ब ४ अर्ब ८९ करोड र निर्याततर्फ १८ करोड ६४ लाख रुपैयाँ बराबर छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More