― Advertisement ―

पर्खनुहोस्, के यो वास्तवमै राम्रो गेमिङ ल्यापटप सम्झौता हो? यो Gigabyte A16 मा RTX 5070 र 32GB को RAM $ 1,249 को लागि सुविधा...

यो कुनै गोप्य कुरा छैन कि आजकल गेमिङ ल्यापटपमा राम्रो सम्झौता पाउन गाह्रो छ। कम्पोनेन्टहरूको बढ्दो मूल्यले वास्तवमा सबै मेसिनहरूमा असर गरेको छ —...
HomeLatest newsमधेश प्रदेशका एक हजार २४६ मतदानस्थल अति संवेदनशील   

मधेश प्रदेशका एक हजार २४६ मतदानस्थल अति संवेदनशील   



१५ माघ, जनकपुरधाम । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मधेश प्रदेशका कुल दुई हजार १६० मतदानस्थलमध्ये एक हजार २४६ मतदानस्थल अति संवेदनशील रहेको जनाइएको छ ।

मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार भारतीय सीमासँग जोडिएका अधिकांश मतदानस्थल अतिसंवेदनशीलमा वर्गीकरण गरिएका छन् ।

त्यसको अनुगमन तथा सुरक्षाका उपायबारे योजनाबद्ध काम भइरहेको मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता कमल थापाले बताए ।

आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा मधेश प्रदेशमा प्रतिनिधिसभाका लागि ३२ वटा निर्वाचन क्षेत्र रहेकामध्ये ७५५ मतदानस्थल संवेदनशील र १५९ मतदानस्थल सामान्य रहेको जानकारी दिइएको छ ।

मधेश प्रदेशमा कुल चार हजार ४७१ मतदान केन्द्र छन् । विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी एक हजार २८ जना उम्मेदवार छन् ।

मधेश प्रदेशमा ३५ लाख १७ हजार १२३ मतदाता छन् । जसमा पुरुषको सङ्ख्या १९ लाख पाँच हजार ८१९ र महिलाको सङ्ख्या १६ लाख ११ हजार ३०४ रहेको जनाइएको छ ।





Read More