― Advertisement ―

एआई सिल्वर बुलेटको पीछा गर्न रोक्नुहोस्

बोर्डरूमहरूमा, AI अझै पनि एक चाँदीको बुलेटको रूपमा फ्रेम गरिएको छ जसले लागत घटाउनेछ र प्रतिस्पर्धात्मक फाइदाहरू रातारात परिभाषित गर्नेछ।यद्यपि यो धेरै पहिलेको कुराकानीको...
HomeLatest newsबद्री, प्रताप, एलिनाले टुंग्याए ‘अब सुन्छ अमेरिका’ टूर

बद्री, प्रताप, एलिनाले टुंग्याए ‘अब सुन्छ अमेरिका’ टूर


News Summary

Generated by OK AI. Editorially reviewed.

  • फ्लाइ नेपा ट्राभल्सको आयोजनामा अमेरिकाका विभिन्न सहरमा चलेको सांगीतिक कार्यक्रम ‘अब सुन्छ अमेरिका’ समापन भएको छ।
  • सन् २०२५ का अगस्टदेखि अक्टोबरसम्म न्यूयोर्क, डालस, बोस्टन लगायत ११ सहरमा कार्यक्रम आयोजना गरिएको थियो।
  • संयोजक विनोद अधिकारीले कार्यक्रम अत्यन्त सफल भएको र आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने बताए।

काठमाडौं । फ्लाइ नेपा ट्राभल्सको आयोजनामा अमेरिकाका विभिन्न सहरमा चलेको सांगीतिक कार्यक्रम ‘अब सुन्छ अमेरिका’ समापन भएको छ ।

सन् २०२५ का अगस्ट, सेप्टेम्बर र अक्टोबर महिनामा अमेरिकाको न्यूयोर्क सिटी, टेक्सासको डालस, न्यूयोर्कको नायगरा फल्स, बोस्टन, न्यू ह्याम्पसायर, बाल्टिमोर, सिनसिनाटी ओहायो, शिकागो, एक्रोन ओहायो, कोलम्बस ओहायो, कोलोराडो, सन फ्रान्सिस्को सहरमा कार्यक्रम आयोजना गरिएका थिए ।

३ महिना लामो सांगीतिक कार्यक्रममा गायकहरू बद्री पङ्गेनी, प्रताप दास र एलिना चौहानले दर्शकलाई गीतमार्फत् मनोरञ्जन गराए ।

कार्यक्रम भएका ठाउँमा दर्शकको बाक्लो उपस्थिति रहेको आयोजकले जनाएको छ । तीज नलाग्दै अमेरिका पुगेका कलाकारले तीज हुँदै दशैं तिहारसम्मका चाडमा दर्शकलाई मनोरञ्जन दिए ।

संयोजक विनोद अधिकारीले गर्मी मौसम सकिँदो र चिसो मौसम सुरु हुने अत्यन्त अनुकूल मौसम भएका महिनामा अमेरिकाको पूर्वदेखि पश्चिममा रहेका नेपालीसम्म पुगेको जानकारी गराएका छन् ।

‘समग्रमा कार्यक्रम परिकल्पना गरे जस्तै अत्यन्त सफलतापूर्वक सम्पन्न भएको छ र आफूले कलाकार मित्रसँग गरेको शर्त तथा बाचा बमोजिमको सम्पूर्ण जिम्मेवारी पूरा गरेको छु’ उनले भने ।

उनले आगामी दिनमा पनि यसैगरी नेपाल र नेपालीलाई जोड्ने कार्यक्रमका लागि मन, वचन र कर्मले लागिपर्ने बताएका छन् ।





Read More