― Advertisement ―

एआई सिल्वर बुलेटको पीछा गर्न रोक्नुहोस्

बोर्डरूमहरूमा, AI अझै पनि एक चाँदीको बुलेटको रूपमा फ्रेम गरिएको छ जसले लागत घटाउनेछ र प्रतिस्पर्धात्मक फाइदाहरू रातारात परिभाषित गर्नेछ।यद्यपि यो धेरै पहिलेको कुराकानीको...
HomeLatest newsएक महिनामा ३५ प्रतिशत बढ्यो आलुको मूल्य – KhabarHost

एक महिनामा ३५ प्रतिशत बढ्यो आलुको मूल्य – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि आलुको मूल्य बढेको मूल्यसूची सार्वजनिक गरेको छ।
  • रातो आलुको थोक मूल्य न्यूनतम ६८ देखि अधिकतम ७० रुपैयाँ र सेतो आलुको मूल्य न्यूनतम ५७ देखि अधिकतम ६० रुपैयाँ कायम छ।
  • एक महिनामा रातो आलुको मूल्य प्रतिकिलो १८ रुपैयाँ र सेतो आलुको मूल्य १९ रुपैयाँले बढेको तथ्यांकले देखाउँछ।

१० कात्तिक, काठमाडौं । स्थानीय बजारमा आलुको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि निर्धारण गरेको मूल्यसूची अनुसार आलुको मूल्य बढेको देखिएको हो ।

बजारमा रातो, सेतो गरी दुई प्रकारका आलु किन्न पाइन्छ । त्यसमध्ये रातो आलु भारतीय पनि बजारमा आउँछ ।

आज सोमबार कालीमाटी बजारमा रातो आलु प्रतिकिलो थोकमा न्यूनतम ६८ देखि अधिकतम ७० रुपैयाँमा किनबेच भइरहेको छ । औसत मूल्य भने ६९ रुपैयाँ रहेको छ । हिजो आइतबार रातो आलु ६७ देखि ७० रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै भारतीय रातो आलु हिजो आइतबार प्रतिकिलो थोकमा न्यूनतम ३४ देखि अधिकतम ३६ र औसत ३५ रुपैयाँमा किनबेच भएकामा आज न्यूनतम ३६ देखि अधिकतम ३८ रुपैयाँमा किनबेच भइरहेको छ ।

सेतो आलुको पनि मूल्य बढेको छ । सेतो आलु प्रतिकिलो थोकमा न्यूनतम ५७ देखि अधिकतम ६० रुपैयाँ कायम छ । औसत मूल्य भने ५८ रुपैयाँ छ । हिजो सेतो आलु प्रतिकिलो थोकमा न्यूनतम ५५ देखि अधिकतम ५८ रुपैयाँमा किनबेच भएको थियो ।

एक महिनामा आलुको मूल्य ३५ प्रतिशत बढेको छ । रातो आलु प्रतिकिलो मूल्य एक महिनामा १८ रुपैयाँ बढेको छ । १० असोजमा औसतमा प्रतिकिलो ५१ रुपैयाँमा किनबेच भएको रातो आलु १० कात्तिकमा ६९ रुपैयाँ पुगेको छ ।

यस्तै सेतो आलुको मूल्य पनि बढेको तथ्यांकले देखाउँछ । एक महिना अवधिमा सेतो आलुको मूल्य प्रतिकिलो १९ रुपैयाँ बढेको छ ।





Read More