― Advertisement ―

पायलटविहीन 2-टन-क्लास कार्गो ड्रोनले 200km क्षमता र ठाडो अवतरण क्षमताको साथ लामो दूरीको पर्वतीय डेलिभरी प्रदर्शन गर्दछ

माउन्टेनमा डिलिवरी पूरा भयो। मिनेटहरूहाइब्रिड हवाई र रेल यातायातले २४ घन्टा भित्र ताजा चिया डेलिभरी सक्षम बनायोCarryAll ड्रोनले 200km परिचालन दायरा सहित 400kg सम्म...
HomeLatest newsहोराइजन क्लब र नेपाल प्रहरी गण्डकी फाइनलमा – KhabarHost

होराइजन क्लब र नेपाल प्रहरी गण्डकी फाइनलमा – KhabarHost


राष्ट्रिय

समाचार.

  • होराइजन क्लब स्याङ्जा र नेपाल प्रहरी गण्डकी प्रदेशको टिम २६औं आदर्श कपको फाइनलमा भिड्ने भएका छन्।
  • होराइजन क्लब स्याङ्जाले माघ ९ मा म्याग्दीको टिमलाई १-० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।
  • फाइनल खेल माघ १६ गते दिउँसो १ बजे हुने र विजेताले ४ लाख ९९ हजार ९९९ नगदसहित पुरस्कार पाउनेछन्।

१४ माघ, पोखरा । होराइजन क्लब स्याङ्जा र नेपाल प्रहरी गण्डकी प्रदेशको टीम २६औं आदर्श कपको फाइनलमा भिड्ने भएका छन् ।

कास्कीको लेखनाथमा माघ ९ देखि सुरु भएको प्रतियोगिताअन्तर्गत बुधवार भएको सेमिफाइनलमा होराइजन क्लब स्याङ्जाले जिल्ला खेलकुद विकास समिति म्याग्दीको टिमलाई १-० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

होराइजन क्लब स्याङ्जालाई फाइनल पुर्‍याउन टिकाराज गुरुङले ७३औं मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो । टिकाराज नै खेलको प्लेयर अफ दि म्याच घोषित भए । उनले ५ हजार प्राप्त गरे ।

होराइजन स्याङ्जाले अब पहिलो सेमिफाइनलको विजेता नेपाल प्रहरी गण्डकी प्रदेशको टीमसँग फाइनल भेट पक्का गरेको हो ।

प्रहरी गण्डकी प्रदेश टिमले पहिलो सेमिफाइनलमा तनहुँ जिल्ला फुटबल विकास समितिको टिमलाई पराजित गरी फाइनल प्रवेश गरेको हो ।

होराइजन स्याङ्जा र नेपाल प्रहरी गण्डकी प्रदेशको टिमबीचको फाइनल खेल माघ १६ गते शुक्रबार दिउँसो १ बजे हुने आयोजकले जानकारी दिएको छ ।

विजेता टोलीले ४ लाख ९९ हजार ९९९ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ३ लाख ३३ हजार ३३३ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More