― Advertisement ―

‘हामीले तपाईलाई आज असफल’: डाटा सेन्टर कूलिंग विफलता पछि धेरै घण्टाको लागि नेमचेप डाउन, ग्राहकहरू क्रोधित छोडेर

का लागि प्रमुख सेवाहरू उपलब्ध नहुने, नामचेचेपका लागि कष्ट घण्टाफिनिक्स डाटा सेन्टरमा "कूलिङ समस्याहरू" आउटेजको लागि दोषी ठहरियोग्राहकहरू आक्रोशित हुँदा यो समस्या पूर्ण रूपमा...
HomeLatest newsसप्तरीमा आचारसंहिता विपरीतका प्रचार सामग्री हटाउन निर्देशन

सप्तरीमा आचारसंहिता विपरीतका प्रचार सामग्री हटाउन निर्देशन



१४ माघ, सप्तरी । सप्तरीका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाको विभिन्न स्थानमा राखिएका झण्डा, पोस्टरसहितका प्रचार सामग्री हटाउन निर्देशन दिएको छ ।

जिल्लामा आचारसंहिता उल्लंघन भइरहेको गुनासो बढेपछि राजविराजस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले मंगलबार राजनीतिक दलका प्रतिनिधि र उम्मेदवारसँगको छलफलपछि यस्तो निर्देशन दिएको हो ।

उक्त छलफलमा मुख्य निर्वाचन अधिकृत किशोर घिमिरेले राजनीतिक दलका प्रतिनिधि तथा उम्मेदवारलाई आचारसंहिता पालना गर्न आग्रह गर्दै आचारसंहिता विपरीतका प्रचार सामग्री २४ घण्टाभित्र हटाउन निर्देशन दिए ।

उनले आचारसंहिता विपरीत दल वा उम्मेदवारले राजविराजसहित जिल्लाको अन्य स्थानमा झुण्याएको प्रचारप्रसार सामग्री आफैले हटाउन आग्रह गर्दै नभए कारबाही प्रक्रिया अगाडि बढाउने बताए ।

२४ घण्टा पछि अनुगमन समितिले सबै ठाउँमा अनुगमन गर्ने र आचारसंहिता विपरीत भेटिए कारबाही अगाडी बढाउने राजविराजस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचन आचारसंहितामा फागुन ४ गते देखि १८ गते सम्म मात्र प्रचारप्रसार सामग्री झुण्डयाउन सकिने उल्लेख रहेको जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेशकुमार जोशीले जानकारी दिए ।

छलफलमा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, राजनीतिक दलका प्रतिनिधि, उम्मेदवार र सुरक्षा निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

– लोकेन्द्र यादव

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More