― Advertisement ―

HomeLatest newsगाजा र लेबनानमा आक्रमण गर्न इजरायलले कसैसँग अनुमति लिँदैन : नेतन्याहू –...

गाजा र लेबनानमा आक्रमण गर्न इजरायलले कसैसँग अनुमति लिँदैन : नेतन्याहू – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले युद्धविरामका लागि सहमति जनाए पनि गाजा वा लेबनानमा आक्रमण गर्न अनुमति कसैसँग अनुमति नलिने बताएका छन् ।
  • उनले भने, इजरायल एक स्वतन्त्र राष्ट्र हो र हामी हाम्रो भाग्यलाई नियन्त्रण गर्न जारी राख्नेछौँ।

९ कात्तिक, जेरुसलेम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले युद्धविरामका लागि सहमति जनाएपछि पनि इजरायलले गाजा वा लेबनानमा आक्रमण गर्न अनुमति नलिने बताएका छन् ।

‘इजरायल एक स्वतन्त्र राष्ट्र हो । हामी आफ्नै सेनाका साथ आफ्नो रक्षा गर्नेछौँ र हामी हाम्रो भाग्यलाई नियन्त्रण गर्न जारी राख्नेछौँ,’ नेतन्याहूले आफ्नो साप्ताहिक सरकारी बैठकको सुरुमा मन्त्रीहरूसँग भने ।

उनले भने, ‘यसका लागि हामी कसैको स्वीकृति खोज्दैनौं । हामी हाम्रो सुरक्षालाई मध्यनजर गरेर अघि बढ्छौं ।’

गाजामा अन्तर्राष्ट्रिय शान्ति सेना तैनाथ गर्ने योजनालाई सङ्केत गर्दै नेतन्याहूले कुन देशले त्यहाँ सेना तैनाथ गर्न सकिन्छ भनेर इजरायलले निर्णय गर्ने बताए ।

उनले भने, ‘हामीले यो स्पष्ट पारिसकेका छौँ, इजरायलले कुन सेना उसलाई अस्वीकार्य छ भनेर निर्धारण गर्नेछ र तदनुसार कार्य जारी राख्नेछ।’

गाजामा युद्धविरामलाई सुदृढ पार्ने उद्देश्यका साथ ह्वाइट हाउसका वरिष्ठ अधिकारीहरूको कुटनीतिक भ्रमणको एक हप्तापछि उनको यो टिप्पणी आएको हो ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More