― Advertisement ―

आर्टेमिस II डाटा विस्फोटले नासालाई अपोलो युगको रेडियो सीमाभन्दा बाहिर जंगली नयाँ लेजर संचार क्षेत्रमा धकेल्छ

प्रणालीले पुरानो डेटाको मात्रालाई हस्तान्तरण गर्न सक्दैन। कुशलतापूर्वकलेजर संचारले परम्परागत रेडियो प्रणाली भन्दा धेरै डाटा प्रसारण गर्दछइन्फ्रारेड प्रकाशले विशाल दूरीहरूमा उच्च-गति अन्तरिक्ष संचार सक्षम...
HomeLatest newsअरिजित सिंहले लिए ‘चलचित्र गायन’ बाट सन्यास – KhabarHost

अरिजित सिंहले लिए ‘चलचित्र गायन’ बाट सन्यास – KhabarHost


राष्ट्रिय

समाचार.

  • भारतीय गायक अरिजित सिंहले चलचित्र गायनबाट सन्यासको घोषणा गर्दै अबदेखि प्लेब्याक भोकलिस्टको रूपमा काम नगर्ने बताएका छन्।
  • उनले नयाँ वर्ष २०२६ को शुभकामना दिँदै आफ्नो चलचित्र गायन यात्रालाई यहीँ समाप्त गर्ने उल्लेख गरेका छन्।
  • अरिजितले चलचित्र गायनबाट सन्यास लिएपनि स्वतन्त्र सांगीतिक यात्रा निरन्तर रहने जनाएका छन्।

मुम्बई । चर्चित भारतीय गायक अरिजित सिंहले चलचित्र गायनबाट सन्यासको घोषणा गरेका छन् । मंगलबार साँझ सामाजिक सञ्जालमार्फत उनले अबदेखि ‘प्लेब्याक भोकलिस्ट’ को रुपमा काम नगर्ने बताएका हुन् ।

नयाँ वर्ष २०२६ को शुभकामना दिँदै उनले लेखेका छन्, ‘यो यात्रामा मलाई साथ, माया र समर्थन दिने सबैलाई धन्यवाद । म अबदेखि प्लेब्याक गायकका रूपमा कुनै नयाँ काम लिने छैन । यो यात्रालाई यहीँ समाप्त गर्दैछु । यो एक सुन्दर अनुभव रह्यो ।’

चर्चित गायकको यो घोषणापछि सिंगो बलिउड र प्रशंसक स्तब्ध भएका छन् । धेरैले उनको योगदानको प्रशंसा गर्दै आगामी यात्राका लागि शुभकामना व्यक्त गरेका छन् ।

अरिजितले पछिल्लोपटक सलमान खान स्टारर फिल्म ‘ब्याटल अफ गलवान’ को गीत ‘मातृभूमि’ गाएका थिए । चलचित्र गायनबाट सन्यास लिएपनि उनले आफ्नो स्वतन्त्र सांगीतिक यात्रा भने निरन्तर रहने जनाएका छन् ।

उनका ‘तुम हि हो’, ‘जनम जनम’, ‘अपना बना ले’, ‘ओ माही’, ‘अगर तुम साथ हो’, ‘मस्त मगन’, ‘मुस्कुराने की वजह तुम हो’ लगायत थुप्रै गीत चर्चित छन् । सिंहले २ वर्षअघि काठमाडौंमा प्रस्तुति दिएका थिए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More