― Advertisement ―

यो कीर्तिमान तोड्ने पराबैंगनी क्रिस्टलले आणविक घडीहरू अनलक गर्न सक्छ र पनडुब्बी, अन्तरिक्ष यान र मिसाइलहरूले बाह्य संकेतहरू बिना नै नेभिगेट गर्ने तरिका परिवर्तन...

अवस्थित न्यूक्लकायोरको प्रतिज्ञा गर्ने समय प्रणालीहरूथोरियम 229 ले व्यावहारिक आणविक समय मापनको दुर्लभ मार्ग प्रदान गर्दछअल्ट्राभाइलेट ब्रेकथ्रुले आणविक घडीको विकासमा सबैभन्दा कठिन बाधाहरू मध्ये...
HomeLatest newsअस्ट्रेलियामा इतिहास रच्दै शिभाली गुरुङ, पहिलो खेल चिनियाँ खेलाडीसँग

अस्ट्रेलियामा इतिहास रच्दै शिभाली गुरुङ, पहिलो खेल चिनियाँ खेलाडीसँग


राष्ट्रिय

समाचार.

  • नेपाली युवा टेनिस खेलाडी शिभाली गुरुङ एसिया-प्यासिफिक एलिट-१४ एन्ड अन्डर ट्रफी प्रतियोगितामा भाग लिन अस्ट्रेलियाको मेलबर्न पुगेकी छिन्।
  • शिभालीले जनवरी २८ देखि ३० सम्म हुने प्रतियोगितामा चीन, भारत र अस्ट्रेलियाका खेलाडीहरूसँग प्रतिस्पर्धा गर्नेछिन्।
  • शिभालीले ग्राण्डस्लाम खेल्ने लक्ष्य राख्दै आईटिएफ जुनियर वरियतामा ७४२औं स्थानमा रहेकी छिन् र विभिन्न अन्तर्राष्ट्रिय प्रशिक्षण लिइसकेकी छिन्।

१३ माघ, काठमाडौं । अहिले अस्ट्रेलियामा विश्व टेनिसकै शीर्ष खेलाडीको जमघट छ र अष्ट्रेलियन ओपनको ट्रफी उचाल्नका लागि उत्कृष्ट खेलाडीहरू होडमा छन् । त्यही मेलबर्नमा नेपाली युवा टेनिस स्टार शिभाली भविष्यमा ग्राण्डस्लाम खेल्ने लक्ष्य स्वरुप पहिलो पाइला चाल्दैछिन् ।

नेपाली युवा टेनिस स्टार शिभाली गुरुङ हाल अष्ट्रेलियन ओपन अन्तर्गत एसिया-प्यासिफिक एलिट-१४ एन्ड अन्डर ट्रफी प्रतियोगिता खेल्न अस्ट्रेलियामा छिन् । वर्षको पहिलो ग्राण्डस्लाम अष्ट्रेलियन ओपनको दौरान हुने उक्त प्रतियोगिता यही जनवरी २८ देखि ३० सम्म मेलवर्नमा हुनेछ ।

शिभाली यो लेभलमा प्रतिस्पर्धा गर्ने पहिलो नेपाली खेलाडी बन्दैछिन् । एसिया-प्यासिफिक एलिट-१४ एन्ड अन्डर ट्रफी युवा खेलाडीको लागि आयोजना गरिने प्रतियोगिता हो । जहाँबाट भविष्यका स्टार खेलाडीहरू जन्मिने गर्छन् ।

शिभाली त्यहाँको वातावरणसँग घुलमिल हुनका लागि गत साता नै मेलवर्न पुगिसकेकी छन् । एसियामा यू-१४ उमेरसमूहमा चौथो वरीयतामा रहेकी शिभाली मलेसियामा केही साताको प्रशिक्षणपछि मेलबर्न पुगेकी हुन् ।

एसियन अस्ट्रेलियन फेडेरेसन र टेनिस अस्ट्रेलियाको सहकार्यमा शिभालीलाई यस ईभेन्टमा छनोट गरिएको हो ।

एसिया-प्यासिफिक एलिट-१४ एन्ड अन्डर ट्रफी प्रतियोगितामा शिभाली जस्तै एसियामा युवा टेनिस स्टार खेलाडीहरू सहभागी हुनेछन् ।

जहाँ एसिया र प्यासिफिक क्षेत्रका उत्कृष्ट गरी ब्वाइजतर्फ ८ र गर्ल्सतर्फ ८ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । नेपालमा शिभालीले उक्त सौभाग्य अवसर पाएकी हुन् ।

ब्वाइज र गर्ल्स दुवैमा सहभागि खेलाडीलाई दुई समूहमा विभाजन गरिएको छ ।

जहाँ ग्रुप ए मा ४ र ग्रुप बी मा चार खेलाडी छन् । सिंगल राउण्ड रोविनका आधारमा खेलहरू हुने टेनिस अस्ट्रेलियाले जनाएको छ ।

गर्ल्सतर्फ शिभाली ग्रुप ए मा छिन् । यस समूहमा चीनकी जिन्यु झाउ, भारतकी जेन्सी दिपकभाइ कनबर र अस्ट्रेलियाकी जसलिन के छन् ।

शिभालीले आफ्नो पहिलो खेल जनवरी २८ बुधबार चिनियाँ खेलाडी जिन्यु झाउसँग खेल्नेछिन् । यस्तै बुधबारै शिभालीले भारतकी जेन्सी कनाबारसँग खेल्नेछिन् । दुवै खेल मेलबर्न पार्क-एनटिसी कोर्ट १९ मा हुनेछ ।

शिभालीले ग्रुपको तेस्रो खेल बिहीबार घरेलु खेलाडी जसलिनसँग खेल्नेछिन् । यो खेल मेलवर्न पार्क-वेस्ट कोर्ट १९ मा हुनेछ ।

यस प्रतियोगितालाई ग्राण्डस्लाम पुग्नका लागि प्रारम्भिक आधारको रुपमा मानिनेछ । शिभालीले यो प्रतियोगिता खेल्दै नेपाली टेनिसमा छुट्टै इतिहास बनाउँदैछिन् ।

यसपछि उनले ग्राण्ड्सलाम अन्तर्गत जुनियर (यू-१८) क्याटेगोरीमा छनोट भएर खेल्ने लक्ष्य रहेको अस्ट्रेलिया जानुअघि बिदाइ कार्यक्रममा बताएकी थिइन् ।

बुधबारै अष्ट्रेलियन ओपन २०२६ अन्तर्ग पुरुष एकलको क्वाटरफाइनलमा चौथो वरियताका सर्बियन खेलाडी नोभाक जोकोभिचले पाँचौ वरियताका इटालियन लरेन्जो मुसेट्टीसँग खेल्नेछन् भने विश्व नम्बर दुई इटालियन यानिक सिनरले आठौ वरियतामा अमेरिकि खेलाडी बेन् सेल्टनसँग खेल्नेछन् । दुवै खेलको विजेताले सेमिफाइनलमा एक आपसमा प्रतिस्पर्धा गर्नेछन् ।

विश्व नम्बर एक स्पानिस खेलाडी कार्लोस अल्कारेज र विश्व नम्बर तीन जर्मन खेलाडी अलेजान्डर जेभरेभ भने सेमिफाइनल पुगिसकेका छन् ।

यसैगरी महिला एकलतर्फ आर्या साभालेन्का र एलिना स्भितोलिना सेमिफाइनल पुगिसकेका छन् भने जेसिका पेगुला र अमान्डा अनिसिमोभा तथा एलेना रेबाकिना र इगा स्वीटेकबीच क्वाटरफाइनलमा प्रतिस्पर्धा हुनेछ ।

शिभालीको करियर

६ वर्षको उमेर देखि नै टेनिस खेल्न सुरु गरेकी राइट ह्यान्डेड शिभालीले छोटो समयमै नेपाली टेनिसमा फड्को मार्दै छुट्टै पहिचान बनाउन सफल भएकी छिन् ।

शिभाली आईटिएफ जुनियर वरियतामा ७४२औं स्थानमा छिन् । आईटिएफ जुनियर वरियतामा उनी ७३६औं स्थानसम्म पुगेकी थिइन् ।

जुनियरमा उनको विन रेट ८१ प्रतिशत छ । उनले २२ खेल जित्दा ५ खेलमा मात्र पराजित भएकी छन् ।

उनले टेनिस टु युरोप कार्यक्रम अन्तर्गत फ्रान्स, जर्मनी, बेल्जियम लगायत राष्ट्रमा प्रशिक्षण लिइसकेकी छन् ।

गत मंसिरमा पोखरामा भएको आईटिएफ जे ३० प्रतियोगिता जित्ने पहिलो खेलाडी बनेकी शिभालीले पुसमा माछापुद्ब्छ्रे ओपन टेनिसमा सुनिरा थापालाई हराएर उपाधि समेत जितेकी थिइन् ।

अष्ट्रेलिया जानुअघि शिभालीले आफू एकदमै उत्साहित रहेको बताएकी थिइन् । ‘एकदमै उत्सहित छु र नर्भस पनि छु । मेरो टेनिस जर्नीमा यो ठूलो अवसर हो । यसबाट धेरै कुरा सिक्ने छु ।’ उनले ग्राण्ड स्लामसम्म पुग्नका लागि यसले ठूलो सहयोग पुर्‍याउने उनले बताएकी थिइन् ।

स्पानिस टेनिस स्टार राफेल नाडललाई आइडल मान्ने शिभालीले विश्वका स्टार खेलाडीहरुको खेल हेर्न पाउने आशा समेत राखेकी थिइन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More