― Advertisement ―

NBN मूल्यहरू 2 हप्ता भन्दा कममा बढ्न सेट गरिएको छ – यो धेरै ढिलो हुनु अघि अब एक कम लागत योजना लक गर्नुहोस्

यदि तपाईंले आफ्नो NBN योजनालाई अझ किफायती वा सायद अहिलेको भन्दा छिटो किनमेल गर्ने योजनामा परिवर्तन गर्ने विचार गरिरहनुभएको छ। थप पढ्नुहोस्
HomeLatest newsखुम्चियो नेकपा, फैलियो कांग्रेस – KhabarHost

खुम्चियो नेकपा, फैलियो कांग्रेस – KhabarHost



११ माघ, काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले गरेको तालमेल अनुमोदन भएको छ । १८ पदका लागि भएको निर्वाचनमा तालमेल अनुसार दलीय भागबण्डामा उम्मेदवारहरू नै विजयी भएका छन् ।

कांग्रेस र एमालेबाट ९ र ८ जना निर्वाचित भएका छन् भने बाँकी एउटा पदमा लोसपाका उम्मेदवार महन्थ ठाकुर विजयी भएका छन् । योसँगै राष्ट्रिय सभाका दलीय समीकरण बदलिएको छ । ५९ सदस्यीय राष्ट्रिय सभामा हाल कांग्रेसका १६ जना सांसद छन् ।

आइतबार निर्वाचित भएकाहरू थपिएसँगै राष्ट्रिय सभामा कांग्रेका सांसद संख्या २५ पुगेको छ । र कांग्रेस राष्ट्रिय सभामा सबैभन्दा ठूलो दल बनेको छ ।

दोस्रोमा नेपाली कम्युनिस्ट पार्टी रहनेछ । जबकी, यसअघि नेपाली कम्युनिस्ट पार्टी राष्ट्रिय सभामा पहिलो दल थियो । नेकपा माओवादी (१७) र नेकपा एकीकृत समाजवादी (८) मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेपछि यो पार्टीको राष्ट्रिय सभामा २५ सदस्यीय दल बनेको थियो ।

नेपाली कम्युनिस्ट पार्टीका २५ मध्ये ८ जना सांसद् आगामी फागुन २० मा बिदा हुँदैछन् । आइतबार भएको निर्वाचनमा यो पार्टीका उम्मेदवारले कतै पनि जितेनन् । अब राष्ट्रिय सभामा यो पार्टीको सांसद संख्या १७ मा सीमित हुनेछ ।

तेस्रोमा नेकपा एमाले रहनेछ । हाल राष्ट्रिय सभामा एमालेका १० जना सांसद् छन् । त्यसमध्ये ८ जना आगामी फागुन २० मा बिदा हुँदैछन् । आइतबार भएको निर्वाचनबाट ८ जना नै निर्वाचित भएकाले उसको हैसियत यथावत तेस्रो स्थानमा रहनेछ ।

आगामी फागुनमा लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टी नेपालका १/१ जना बिदा हुँदैछन् । यसपटकको चुनावमा लोसपाको तर्फबाट एक जना निर्वाचित भएकाले यो दलको राष्ट्रिय सभामा एक जना कायम रहनेछ ।

आइतबार भएको राष्ट्रिय सभा निर्वाचन ।

जनता समाजवादी पार्टी नेपालका तीन जना थिए । आगामी फागुन दुई पछि दुई जना मात्रै रहनेछन् । बाँकी जनमोर्चाको एक जना र मनोनीत तीन जना हुन्छन् । मनोनीत सांसद वामदेव गौतमले राजीनामा दिइसकेका छन् । गौतमको ठाउँमा सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्नेछन् ।

राष्ट्रिय सभा निर्वाचनमा नागरिकले सिधै मतदान गर्ने होइनन् । स्थानीय तहका पदाधिकारी (प्रमुख र उपप्रमुख) तथा प्रदेश सभा सदस्यले मतदान गर्ने हुन् ।

निर्वाचनमा सातैवटै प्रदेशका ५५० प्रदेश सभा सदस्य र ७५३ स्थानीय तहका १ हजार ५०६ प्रमुख तथा उपप्रमुख मतदाता थिए । उनीहरूको मतभार भने फरक–फरक हुन्छ ।

कुल जनसंख्यालाई प्रदेश सभाका कुल सदस्यले भाग गरेर प्रदेश सभाको मतभार लिइन्छ र त्यसलाई पुनः एक हजारले भाग गर्दा आउने भागफल एक प्रदेश सांसदको मतभार हुन्छ ।

यसैगरी स्थानीय तहका पदाधिकारीको पनि मतभार निकालिएको छ जसअनुसार एक प्रदेश सांसदको मतभार ५३ र स्थानीय तहका एक जना पदाधिकारीको मतभार १९ छ ।

निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आइतबार भएको राष्ट्रिय सभा निर्वाचनमा ९५.६८ प्रतिशत मतदान भएको छ ।

आइतबारको निर्वाचनबाट निर्वाचित सांसदहरूको कार्यकाल भने आगामी फागुन २१ बाट सुरु हुनेछ । राष्ट्रिय सभा सदस्यको कार्यकाल ६ वर्षको हुन्छ । एक तिहाइ सदस्यको निर्वाचन प्रत्येक दुई/दुई वर्षमा हुन्छ ।

नेपाली कम्युनिस्ट पार्टीका नेता अग्निप्रसाद सापकोटा राष्ट्रिय सभाको निर्वाचनको परिणाम पूर्वअनुमान गर्न सकिने रहेको बताउँछन् ।

‘अर्को दुई वर्षपछि फेरि निर्वाचन हुन्छ । र यो पहिले नै फिक्स मतदाता रहेको निर्वाचन हो’ उनी भन्छन्, ‘आम निर्वाचन जस्तो होइन । निर्वाचित प्रतिनिधिहरुद्धारा चुनिएको हो ।’ तैपनि पार्टीमा चुनावी परिणामको समीक्षा हुनेछ ।

चुनाव अगाडि प्रमुख दलका बीचमा नै तालमेलको प्रयास भएको थियो । भागवण्डामा कुरा नमिलेपछि नेपाली कम्युनिस्ट पार्टी एक्लै चुनावी मैदानमा थियो । तर, परिणाम तालमेल गर्ने दलहरूको पक्षमा आएको छ ।

नेता सापकोटा भन्छन्, ‘तालमेल गर्न सकेको भए केही सिट आउँथ्यो । तालमेल भएन र आएन ।’





Read More