― Advertisement ―

‘हामीले तपाईलाई आज असफल’: डाटा सेन्टर कूलिंग विफलता पछि धेरै घण्टाको लागि नेमचेप डाउन, ग्राहकहरू क्रोधित छोडेर

का लागि प्रमुख सेवाहरू उपलब्ध नहुने, नामचेचेपका लागि कष्ट घण्टाफिनिक्स डाटा सेन्टरमा "कूलिङ समस्याहरू" आउटेजको लागि दोषी ठहरियोग्राहकहरू आक्रोशित हुँदा यो समस्या पूर्ण रूपमा...
HomeLatest newsत्रिविको शुल्क पुनरावलोकन गर्न कार्यदल गठन, ताला खोल्न निर्देशन

त्रिविको शुल्क पुनरावलोकन गर्न कार्यदल गठन, ताला खोल्न निर्देशन



११ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले शुल्क पुनरावलोकन गर्न कार्यदल गठन गरेको छ । त्रिविको ४ वटा विभागको शुल्क घटाउन माग राखेर अखिल क्रान्तिकारीले १८ पुसदेखि उपकुलपति, रजिस्ट्रार र रेक्टरको कार्यकक्षमा ताला लगाएको थियो ।

मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तर्गतका अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीति, लैंगिक अध्ययन, सामाजिक कार्य र द्वन्द शान्ति तथा विकास अध्ययनको शुल्क घटाउन क्रान्तिकारीले माग गरेको हो ।

त्यसैले त्रिविले कार्यदल गठन गरेको हो ।

‘शुल्कको सम्वन्धमा विश्वविद्यालयले शुल्क पुनरावलोकन कार्यदल गठन गरी सो कार्यदलले आफ्नो कार्य अगाडी बढाईसकेको हुँदा मिति २०८२/१०/१२ गते बिहान ८:०० वजेसम्म ताला खोल्ने कार्य गर्नु हुन विश्वविद्यालय सम्वन्धित पक्षलाई हार्दिक अनुरोध गर्दछ । अन्यथा सम्मानित अदालतको आदेश पालना गर्नु हामी सबैको दायित्व र कर्तव्य हुने भएकोले मिति २०८२ असार १८ गतेको अन्तरिम आदेश बमोजिम प्रहरी प्रशासनको सहयोगमा ताला खोलिने बेहोरा समेत जानकारी गराइन्छ,’ त्रिविको निर्देशनमा भनिएको छ ।

तालाबन्दीका कारण विश्वविद्यालय केन्द्रीय कार्यालयको दैनिकी दिनका काम कारवाहीमा अवरोध भइरहेको छ ।

‘यस प्रकारका कार्य सम्मानित सर्वोच्च अदालतबाट मिति २०८२ असार १८ गते जारी भएको अन्तरिम आदेशको सिधै बर्खिलाप हुन गई सम्मानित अदालतको आदेशको अवहेलना जन्य समेत हुने विश्वविद्यालयको ठहर छ,’ निर्देशनमा भनिएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More