― Advertisement ―

‘हामीले तपाईलाई आज असफल’: डाटा सेन्टर कूलिंग विफलता पछि धेरै घण्टाको लागि नेमचेप डाउन, ग्राहकहरू क्रोधित छोडेर

का लागि प्रमुख सेवाहरू उपलब्ध नहुने, नामचेचेपका लागि कष्ट घण्टाफिनिक्स डाटा सेन्टरमा "कूलिङ समस्याहरू" आउटेजको लागि दोषी ठहरियोग्राहकहरू आक्रोशित हुँदा यो समस्या पूर्ण रूपमा...
HomeLatest newsसंयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा – KhabarHost

संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा – KhabarHost



११ माघ, काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा ल्याएको छ ।

आइतबार आयोगको कार्यालयमा एक कार्यक्रमबीच कार्यवाहक प्रमुख निर्वाचनआयुक्त रामप्रसाद भण्डारीले केन्द्रको शुभारम्भ गरे ।

केन्द्रको शुभारम्भ गर्दै उनले निर्वाचनका क्रममा कुनै पनि निर्वाचन क्षेत्रमा देखिन सक्ने समस्या तत्काल पहिचान गरी समाधान गर्नेगरी सक्रिय रूपमा काम गर्ने उद्देश्यले केन्द्रको स्थापना गरिएको बताए ।

उनकाअनुसार निर्वाचन क्षेत्रमा खटिएका निर्वाचन अधिकारी र सुरक्षाकर्मीले समस्या नआउने सुनिश्चितताका लागि निरन्तर निगरानी गर्दागर्दै पनि स्थानीय स्तरमै समाधान हुन नसक्ने समस्या आएमा संयुक्त निर्वाचन सञ्चालन केन्द्रले सबै पक्षसँग समन्वय र सहकार्य गरी समस्याको समाधान गर्नेछ ।

उनले भने, ‘यस केन्द्रले कुनै पनि निर्वाचन क्षेत्रमा समस्या आयो भने तत्काल परीक्षण गरेर समाधान गर्ने कार्यमा एकदमै दत्तचित्त भएर लाग्छ । यद्यपि कुनै पनि समस्याहरू आउन नदिन हाम्रा निर्वाचन क्षेत्रमा खटिएका अधिकारी एवं सुरक्षाकर्मीहरूले लाग्नुहुन्छ । यदि समस्या आइहाल्यो भने पनि उतै समाधान गर्नुहुन्छ । यदि त्यहाँबाट समाधान गर्न नसकिने प्रकृतिका कुनै समस्याहरू आए भने यस केन्द्रले तुरुन्तै समाधान गर्छ ।’

केन्द्रमार्फत निर्वाचन अवधिभर उत्पन्न हुनसक्ने सुरक्षा चुनौतीको मूल्यांकन, जनशक्ति तथा स्रोतसाधनको परिचालन, सूचनाको आदानप्रदान र समन्वयात्मक निर्णय प्रक्रिया सञ्चालन उनको भनाइ छ ।





Read More