― Advertisement ―

Nvidia ईन्जिनियरहरूले कथित रूपमा AI मद्दतको साथ तीन गुणा बढी कोड मन्थन गर्छन्, तर उद्योग पर्यवेक्षकहरूले चेतावनी दिन्छ कि लाइनहरू बराबर मान्दैनन्।

कर्सरले Nvidia ईन्जिनियरहरू भन्दा तीन गुणा बढी कोड रिपोर्ट गर्छ अघिNvidia ले आउटपुटमा रिपोर्ट गरिएको बृद्धिको बावजुद दोष दरहरू समान रह्यो भन्ने कुरा राख्छAI-सहयोगी...
HomeLatest newsसंसार हल्लाइरहेको फिल्म ‘सिनर्स’ किन चर्चामा छ, यी हुन् ५ कारण

संसार हल्लाइरहेको फिल्म ‘सिनर्स’ किन चर्चामा छ, यी हुन् ५ कारण


राष्ट्रिय

समाचार.

  • रायन कुग्लर निर्देशित फिल्म ‘सिनर्स’ले ९८ औं अस्कर अवार्डमा १६ मनोनयन पाएको छ।
  • यो फिल्म सन् १९३० को दशकको मिसिसिपीमा आधारित मौलिक कथा प्रस्तुत गर्छ।
  • माइकल बी. जोर्डनले ‘सिनर्स’मा उत्कृष्ट अभिनय गर्दै पहिलो पटक अस्कर मनोनयन पाएका छन्।

काठमाडौं । यतिबेला रायन कुग्लर निर्देशित फिल्म ‘सिनर्स’ को चर्चा विश्वब्यापी छ । ९८ औं अस्कर अवार्डमा १६ मनोनयन प्राप्त गरेको यो फिल्मले मार्चमा घोषणा हुने अवार्डमा ठूला विधा जित्ने अनुमान छ ।

उत्तर अमेरिकामा समेत यसवर्ष धेरै कमाउने फिल्म बनेको ‘सिनर्स’ लाई आमदर्शकदेखि क्रिटिक्सले रुचाएका छन् । इतिहासमा सर्वाधिक मनोनित हुने फिल्मको रुपमा रेकर्ड रच्नु चानचुने कुरा होइन ।

विश्वब्यापी चर्चा बटुलिरहेको र आउँदो अस्करमा प्रमुख विधा बढार्न सक्ने अनुमान गरिएको यो फिल्म किन चर्चामा छ ? यहाँ ५ कारण प्रस्तुत गरिन्छ :

मौलिक र साहसी कथा :

‘सिनर्स’ कुनै पुरानो फिल्मको अर्को भाग वा चलेको फ्रेन्चाइज फिल्म होइन । यो निर्देशक रायन कूग्लरले धेरै वर्षपछि आफैंले लेखेको एउटा मौलिक फिल्म हो । यसमा सन् १९३० को दशकको मिसिसिपीको कथा छ, जसमा तन्त्रमन्त्र, ऐतिहासिक ड्रामा, संगीत र पौराणिक कथालाई निकै रोचक तरिकाले मिसाइएको छ । आजकल एउटै खालका पुराना फिल्म दोहोरिरहेको बेला, यसले केही नयाँ र फरक आँट गरेको भन्दै समीक्षकले यसको खुब तारिफ गरेका छन् ।

संगीत र सांस्कृतिक पक्ष

यस फिल्ममा ‘ब्लुज’ संगीत र सांस्कृतिक पक्षलाई कथासँग यसरी बुनिएको छ कि यसले दर्शक र समीक्षक दुवैको मन छुन्छ । यसमा संगीत केवल पृष्ठभूमिमा बज्ने धुन मात्र नभई कथाकै एउटा मुख्य हिस्सा हो, जसले फिल्म हेर्ने अनुभवलाई अझ उत्कृष्ट र जीवन्त बनाएको छ ।

दमदार र यादगार अभिनय

फिल्ममा माइकल बी. जोर्डनले जुम्ल्याहा दाजुभाइको भूमिकामा उत्कृष्ट अभिनय गरेका छन् । उनको करियरमा पहिलो पटक यही फिल्मबाट उनले अस्करमा ‘उत्कृष्ट अभिनेता’ को मनोनयन हासिल गरेका छन् । उनीसँगै डेलरोय लिन्डो र वुन्मी मोसाकु जस्ता कलाकारको सहयोगी भूमिकाको पनि खुब प्रशंसा भएको छ र उनीहरूले पनि विभिन्न अवार्डका लागि मनोनयन पाएका छन् ।

हरेक पक्षमा अब्बल शिल्प

यो फिल्म निर्माणको लगभग हरेक क्षेत्रमा उत्कृष्ट ठहरिएको छ, चाहे त्यो निर्देशन र लेखन होस्, वा क्यामेरा, सेट डिजाइन, पहिरन, संगीत र भिजुअल इफेक्ट्स नै किन नहोस् । प्राविधिक र रचनात्मक दुवै पक्षमा यो फिल्म यति बलियो हुनु नै मुख्य कारण हो, जसले गर्दा एकेडेमीका भोटरले यसलाई १६ वटा विधामा मनोनयन दिएका छन् ।

समीक्षा र कमाइ दुवैमा सफल

यो फिल्मलाई समीक्षकले निकै रुचाएका छन् (धेरैजसो समीक्षा गर्ने पोर्टलमा यसले ‘उत्कृष्ट’ रेटिङ पाएको छ) र विश्वभर यसले राम्रो पैसा पनि कमाएको छ । फिल्ममा भएको भावनात्मक गहिराइ, डराउने फिल्मको नयाँ शैली र उत्कृष्ट मेकिङका कारण सिनेमा हलबाट हटेको धेरै समयपछि पनि दर्शकबीच यसको चर्चा अझै सेलाएको छैन ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More