― Advertisement ―

यो कीर्तिमान तोड्ने पराबैंगनी क्रिस्टलले आणविक घडीहरू अनलक गर्न सक्छ र पनडुब्बी, अन्तरिक्ष यान र मिसाइलहरूले बाह्य संकेतहरू बिना नै नेभिगेट गर्ने तरिका परिवर्तन...

अवस्थित न्यूक्लकायोरको प्रतिज्ञा गर्ने समय प्रणालीहरूथोरियम 229 ले व्यावहारिक आणविक समय मापनको दुर्लभ मार्ग प्रदान गर्दछअल्ट्राभाइलेट ब्रेकथ्रुले आणविक घडीको विकासमा सबैभन्दा कठिन बाधाहरू मध्ये...
HomeLatest newsसरकारी रकम नबुझाउने ५२ जनाको तीनपुस्ते विवरण सार्वजनिक, सूचीमा रविदेखि पियुषसम्म

सरकारी रकम नबुझाउने ५२ जनाको तीनपुस्ते विवरण सार्वजनिक, सूचीमा रविदेखि पियुषसम्म


राष्ट्रिय

समाचार.

  • सरकारलाई तिर्नुपर्ने रकम नतिरेका ५२ जनाको तीनपुस्ते विवरण कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयले सार्वजनिक गरेको छ।
  • ती विवरणमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह र दि फूलबारी लिमिटेड पोखराका पियुष बहादुर अमात्य लगायत छन्।
  • ती व्यक्तिले ३५ दिनभित्र साँवा ब्याजसहित रकम तिर्नुपर्ने र नसकेमा सम्पत्ति दाबी गरी कानुन बमोजिम कारबाही हुने चेतावनी दिइएको छ।

११ माघ, काठमाडौं । सरकारलाई तिर्नुपर्ने रकम नतिरेका ५२ जनाको तीनपुस्ते विवरण सरकारले सार्वजनिक गरेको छ ।

यो विवरणमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह, दि फूलबारी लिमिटेड पोखराका पियुष बहादुर अमात्यदेखि कर्मचारी, कृषि व्यवसायी, सशस्त्र प्रहरी लगायत छन् ।

महालेखा नियन्त्रकको कार्यालय अन्तर्गतको कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालय बबरमहलले ती व्यक्तिको नाम, ठेगाना र तिर्नुपर्ने रकमसहितको विवरण आज सार्वजनिक गर्दै ३५ दिनभित्र साँवा ब्याज तिर्न भनेको छ । अन्यथा उनीहरुको चल अचल सम्पत्ति दाबी गरी प्रचलित कानुन बमोमिज असुल उपर गर्ने चेतावनी दिइएको छ ।

सार्वजनिक सूचनामा लेखिएअनुसार सरकारी रकम तिर्न बाँकी हुनेहरुको लगत कायम गरी उनीहरुको नाम वेबसाइटमा राखेर रकम बुझाउन आउन भनी विगतका वर्षहरुमा पनि पटक–पटक सार्वजनिक सूचना प्रकाशित गरिएको थियो । साथै घर ठेगानामामा पत्राचार गरी उपस्थित हुन भनिएको थियो ।

सो सूचना र प्रयासका बाबजुद पनि सरकारी रकम बाँकी हुनेहरुबाट रकम बुझाउने काम नभएकाले बाध्य भएर तीनपुस्ते विवरण प्रकाशित गरिएको केन्द्रीय तहसिल कार्यालयले जनाएको छ ।

हेर्नुहोस् विवरण –





Read More