― Advertisement ―

सावधान, ह्याकरहरूले मालवेयर वितरण गर्न, पैसा र डाटा चोरी गर्न एप्पल खाता सूचनाहरूको दुरुपयोग गर्दैछन्

Scammers'ph डोमेनमा कलब्याक प्रयोग गरी ईमेल पठाउनुहोस् सन्देशहरूप्रविधिले नक्कली खरिद अलर्टहरू इम्बेड गर्न Apple ID सिर्जना क्षेत्रहरू प्रयोग गर्छपीडितहरू कलिङ स्क्यामरहरू, जसले त्यसपछि संवेदनशील...
HomeLatest newsराष्ट्र निर्माण एकल प्रयासबाट मात्रै सम्भव छैन : गृहमन्त्री – KhabarHost

राष्ट्र निर्माण एकल प्रयासबाट मात्रै सम्भव छैन : गृहमन्त्री – KhabarHost


फाइल तस्वीर



९ माघ, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षा संगठनलाई आधुनिकीकरण र द्रुत परिचालनयोग्य बनाउनेतर्फ सरकार अग्रसर रहेको बताएका छन् ।

शुक्रबार सशस्त्र प्रहरी बलको २५औं सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूहरू बाधक नभई साधन बनेर दीर्घकालीन महत्त्व र उपलब्धिका लागि योजनाका रूपमा मन्त्रालयमा आएका कुनै पनि कुरालाई रचनात्मक एवं सकारात्मक सहयोग गरिरहेको बताए ।

उनले राष्ट्र निर्माण कुनै एक निकायको एकल प्रयासबाट सम्भव नहुने बताए । उनले सीमा सुरक्षालाई संस्थागत र दिगो बनाउने उद्देश्यका साथ सशस्त्र प्रहरी बल नेपाललाई सीमामा केन्द्रित गर्न मन्त्रालयले रणनीतिक रूपमा अघि बढेको कार्यलाई निरन्तरता दिइरहेको बताए ।

अन्तर्राष्ट्रिय अभ्यास र नयाँ मापदण्डअनुरुप बीओपीहरूको विस्तार, विद्यमान बीओपीहरूको आधुनिकीकरण तथा सम्पूर्ण संगठनलाई प्रविधिमा आधारित लचिलो र द्रुत परिचालनयोग्य बनाउनेतर्फ हाम्रो ध्यान केन्द्रित रहेको उनको भनाइ छ ।

‘हामी बाधक होइन साधक बनेर दीर्घकालीन महत्त्व र उपलब्धिका लागि योजनाका रूपमा मन्त्रालयमा आएका कुनै पनि कुरालाई रचनात्मक एवं सकारात्मक सहयोग गरिरहेका छौँ । यो सहयोग निरन्तर रही रहनेछ,’ उनले भने ।

गृहमन्त्री अर्यालले सशस्त्र प्रहरी बलले गरेको काम महत्त्वपूर्ण र प्रशंसायोग्य रहेको बताए ।





Read More