― Advertisement ―

रोबोटहरू युद्धहरू लडिरहेका छन् र दंगा हटाउन मद्दत गरिरहेका छन् – चीनले दंगा पुलिसलाई एआई नियन्त्रित ड्रोनहरूको टोलीसँग सशस्त्र बनाउँदैछ र युक्रेनले 25,000 रोबोटहरूसँग...

चीन नयाँ परीक्षण गर्दै छन् क्षमताहरूरूससँगको युद्धको अग्रपङ्क्तिमा रोबोटहरू तैनाथ भइरहेका छन्चीनमा हुने विरोध प्रदर्शनहरूलाई चाँडै रोबोट र ड्रोनहरूको टोली प्रयोग गरेर प्रहरी परिचालन...
HomeLatest newsखोटाङमा माग अनुसार परेन निर्वाचन प्रहरी भर्नाका लागि आवेदन, फेरि थपियो म्याद

खोटाङमा माग अनुसार परेन निर्वाचन प्रहरी भर्नाका लागि आवेदन, फेरि थपियो म्याद



९ माघ, खोटाङ । खोटाङमा निर्वाचन प्रहरी भर्नाका लागि पुनः म्याद थप गरिएको छ ।

माग गरेको संख्या अपुग भएपछि निर्वाचन प्रहरी भर्ना, छनोट तथा नियुक्ति समितिले निर्वाचन प्रहरी भर्नाका लागि दोस्रोपल्ट म्याद थप गरेको हो ।

निर्वाचन प्रहरी भर्नाका लागि १० र ११ माघसम्म आवेदन दिन सकिने गरी म्याद थप गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राईले जानकारी दिइन् ।

निर्वाचन प्रहरीमा भर्ना हुनका लागि जिल्ला प्रहरी कार्यालय वा नजिकको चार इलाका प्रहरी कार्यालयमा पुगेर आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ ।

जिल्ला प्रहरी कार्यालय वा इलाका प्रहरी कार्यालय खोटाङबजार, इलाका प्रहरी कार्यालय हलेसी, इलाका प्रहरी कार्यालय चिसापानी र इलाका प्रहरी कार्यालय ऐंसेलुखर्कबाट आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

२१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खोटाङमा कुल १ हजार २८२ जना निर्वाचन प्रहरी भर्नाका लागि आह्वान गरिएको थियो । तर १ हजार १७३ जनाको मात्रै दरखास्त परेको थियो । त्यसमध्ये १ हजार ३९ जना मात्रै उत्तीर्ण भएको समितिले जनाएको छ ।

निर्वाचन प्रहरी भर्नाका लागि सरकारले २५ पुसदेखि १ माघसम्म दरखास्त दिने समय दिएको थियो । तर अपेक्षा अनुसार आवेदक नआएपछि ३ माघसम्म दरखास्त दिने म्याद थप गरिएको थियो ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More