― Advertisement ―

HomeLatest newsसमय गुज्रिएपछि उम्मेदवारी फिर्ता लिन पुगेपछि…. – KhabarHost

समय गुज्रिएपछि उम्मेदवारी फिर्ता लिन पुगेपछि…. – KhabarHost


राष्ट्रिय

समाचार.

  • निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत उम्मेदवारी फिर्ताको समय शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म तोकेको थियो।
  • म्याग्दीका राष्ट्रिय स्वतन्त्र पार्टीका युवराज रोका र नेशनल रिपब्लिक नेपाल पार्टीका तुलप्रसाद गर्बुजाले समर्थन गर्दै उम्मेदवारी फिर्ता लिने जनाए पनि समयभित्र आयोगको कार्यालय नपुगेपछि उनीहरूको उम्मेदवारी कायम रह्यो।
  • स्वतन्त्र उम्मेदवार नवीन जीसीले समयभित्रै कार्यालय पुगेर उम्मेदवारी फिर्ता लिएपछि म्याग्दीमा १२ उम्मेदवार कायम भएका छन्।

९ माघ, म्याग्दी । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत निर्वाचन आयोगले शुक्रबार उम्मेदवारी फिर्ताको समय तोकेको थियो ।

बिहान १० बजे कार्यालय खुलेपछि दिउँसो १ बजेसम्मको समय निर्वाचन आयोगले तय गरेको थियो । ६ गते उम्मेदवारी मनोनयन दर्ता गरे पनि निर्वाचनमा सहभागी हुन नचाहने उम्मेदवारहरूले यो समयभित्र उम्मेदवारी फिर्ता लिनुपर्ने थियो ।

सोही बमोजिम विभिन्न जिल्लामा उम्मेदवारहरू फिर्ताका लागि पुगे र उम्मेदवारी मनोनयन फिर्ता लिए ।

म्याग्दीका दुई जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिने जनाएका थिए । तर, उनीहरू निर्धारित समयभित्र आयोगको कार्यालय नपुगेपछि उनीहरूको उम्मेदवारी कायम रह्यो ।

उनीहरू थिए, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका युवराज रोका र नेशनल रिपब्लिक नेपाल पार्टीका तुलप्रसाद गर्बुजा (तार्जन) ।

दुवैले म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएका निवर्तमान शिक्षामन्त्री महावीर पुनलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिने जनाएका थिए । दुवैले विज्ञप्ति नै जारी गरेका थिए । तर, समयभित्र उम्मेदवार उपस्थित नभएपछि आयोगमा उनीहरूको उम्मेदवारी कायम भएको छ ।

समयभित्रै कार्यालय पुगेका स्वतन्त्र उम्मेदवार नवीन जीसीको उम्मेदवारी भने फिर्ता भएको छ । उनले अर्का स्वतन्त्र उम्मेदवार पुनलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको जनाएका छन् ।

जीसीको उम्मेदवारी फिर्तापछि म्याग्दीमा १२ उम्मेदबार कायम भएका छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More