― Advertisement ―

LG C5 हाम्रो शीर्ष-मूल्याङ्कन गरिएको टिभी हो र Amazon को सबैभन्दा धेरै बिक्रि हुने OLED डिस्प्ले हो — 42-इन्च मोडेल मात्र $999 मा पाउनुहोस्

यदि तपाईंले Amazon मा सबैभन्दा बढी बिक्रि हुने OLED टिभी, तपाईले <a-link" डेटा-लाइनमा फेला पार्नुहुनेछ। href="https://www.techradar.com/tag/lg" data-auto-tag-linker="true" data-url="https://www.techradar.com/tag/lg" data-hl-processed="none" data-mrf-recirculation="inline-link" data-before-rewrite-localise="https://s.dar.g. 42-इन्च C5 OLED...
HomeLatest newsरुकुमपूर्वमा अटो र मोटरसाइकल दुर्घटना, सात जना घाइते

रुकुमपूर्वमा अटो र मोटरसाइकल दुर्घटना, सात जना घाइते



८ कात्तिक, रुकुमपूर्व । रुकुमपूर्वमा अटो र मोटरसाइकल एकआपसमा ठोक्किँदा सात जना घाइते भएका छन् । शनिबार साँझ करिब साढे पाँच बजे भूमे गाउँपालिका–४ काँडाबगरस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका अनुसार रुकुमकोटतर्फ आइरहेको लुम्बिनी प्रदेश ०२–००१ ह १४९३ नम्बरको अटो र विपरीत दिशातर्फ जाँदै गरेको कर्णाली प्रदेश ०३–००१ प ०७६८ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा अटो चालकसहित पाँच जना र मोटरसाइकलमा सवार दुई जना गरी सात जना घाइते भएका छन् । भूमे–२ खाबाङका ४५ वर्षीय सहिन पुनको बाँया आँखानजिक चोट लागेको छ । सोही ठाउँका ११ वर्षीय सुदीप पुनको शरीरको भित्री भागमा सामान्य चोट लागेको छ ।

त्यसैगरी सोही गाउँपालिकाकी २७ वर्षीया अस्मिता झाँक्री बुढामगरको बाँया गालामा चोट लागेको छ भने ४३ वर्षीया कर्मकुमारी पुनलाई जिल्ला अस्पताल रुकुमपूर्वमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि पोखरा रिफर गरिएको प्रहरीले जनाएको छ ।

८ वर्षीय बचन बुढामगरको टाउकोमा चोट लागेको छ । रुकुम पश्चिम आठबिसकोट–१० का १८ वर्षीय गणेश शाही र सल्यान बागचौर–६ का बसन्त भण्डारीको हात र खुट्टाको औंलामा चोट लागेको प्रहरीले बताएको छ ।

घाइते सातै जनाको जिल्ला अस्पताल रुकुमकोटमा उपचार भइरहेको र सबैको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक लालबहादुर बिकले जानकारी दिए ।

दुर्घटनामा संलग्न दुवै सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More