― Advertisement ―

Asus ROG Xbox सहयोगी रेकर्ड-कम मूल्यमा खस्छ, तर स्टीम डेकले स्टक अभावको सामना गर्दा के यो उठाउन लायक छ?

ह्यान्डहेल्ड गेमिङ पीसीहरू हालै सबै क्रोधित भएका छन्, तर धेरै यन्त्रहरूले पनि मुख्य कम्पोनेन्टहरूसँग चलिरहेको आपूर्ति समस्याहरूको कारणले समान स्टक अभाव र मूल्य वृद्धिको...
HomeLatest newsछापियो एक करोड ४२ लाखभन्दा बढी मतपत्र – KhabarHost

छापियो एक करोड ४२ लाखभन्दा बढी मतपत्र – KhabarHost



९ माघ,काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्रले हालसम्म कुल एक करोड ४२ लाख भन्दा बढी मतपत्र छापिसकेको जनाएको छ ।

केन्द्रले उपलब्ध गराएको विवरणअनुसार एक करोड ४२ लाख आठ हजार थान मतपत्र छाप्ने काम सकिएको छ । पछिल्लो २४ घण्टामा मात्र ११ लाख १६ हजार थान मतपत्र छपाइ भएको छ । कुल दुई करोड आठ लाख तीन हजार थान मतपत्र छपाइ गर्नुपर्ने केन्द्रले जनाएको छ ।

त्यसैगरी, कुल ११ हजार ४७८ बाकस मतपत्र प्याकिङ भएको छ । पछिल्लो २४ घण्टामा मात्र एक हजार २२६ बाकस प्याकिङ भइसकेको केन्द्रले जनाएको छ । केन्द्रले एक करोड ९८ हजार २०० थान नमूना मतपत्र आयोगमा पठाएको छ ।

आज चुनाव चिह्न वितरण

प्रतिनिधिसभा सदस्य निर्वाचनका  लागि उम्मेदवारी दिएका उम्मेदवारले आज निर्वाचन चिह्न पाउँदैछन् । उम्मेदवारी फिर्ता लिने प्रक्रिया पूरा गरेपछि निर्वाचन चिह्न वितरणको कार्यक्रम छ ।

निर्वाचन तालिका अनुसार आज बिहान १० बजे देखि दिउँसो १ बजेसम्म उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिन सक्नेछन् ।  यस्तै आजै दिनको १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली  प्रकाशन गरिनेछ । त्यसपछि अपराह्न ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।

२१ फागुनमा हुने प्रत्यक्षतर्फ निर्वाचनका लागि माघ ६ गते देशैभर उम्मेदवारी दर्ता गरिएको थियो ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More